मुटु रोगी बसन्त तामाङलाई साईप्रसबाट नगद सहयोग

0
310

१६ असार २०७६ काठमाडौं,
काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ९ मंगलटार पनान्चेका मुटु रोगी बसन्त तामाङलाई उपचारका लागि साईप्रसका प्रवासी नेपालीहरुबाट नगद आर्थिक सहयोग गरेका छन् ।

काभ्रे सेवा समाज साईप्रसका उपाध्यक्ष साहारा लोप्चन तामाङको नेतृत्वमा संकलित रु ४४,४००/- नगद सहयोग आईतबार बौद्धमा स्वयम् विरामीकै हातमा हस्तान्तरण गरिएको छ ।

साईप्रसबाट प्राप्त यो नगद नाम्सादिम छोरङान नेपालका संरक्षक कुमार थोकर तामाङ,नाम्सादिमकै अध्यक्ष हिरामान बल तामाङले संयुक्त रुपमा विरामीको हातमा हस्तान्तरण गरेको हो ।

सहि प्रयोजनमा खर्च गरी थप स्वास्थ्य लाभको कामना गर्दै प्रवासी नेपालीहरुबाट संकलित सहयोग रकम प्रत्यक्ष रुपमा विरामीलाईनै हस्तान्तरण गरिएको नाम्सादिमका अध्यक्ष तामाङले गोल्चे सञ्चारलाई बताए ।

सानै उमेरमा मुटुको समस्याले गर्दा मेन भल्भनै फेरिएका बसन्तको मुटुमा जोड्ने रगतको नली साँघुरिएर थप समस्या देखिएकोमा त्यसको अप्रेसन गर्न आर्थिक अभाव झेल्दै आएको अवस्थामा उहाँले यो सहयोग प्राप्त गरेको हो जस्ले गर्दा उनको उपचार हुनेमा केही राहत मिलेको छ ।

यो रकम काभ्रे सेवा समाज साईप्रस परिवारका साथै  त्यहाँ क्रियाशिल अन्य केहि सहयोगी संस्था तथा व्यक्तिहरुबाट जम्मा भएको समाजका उपाध्यक्ष लोप्चनले जानकारी दिनुभयो ।

साथै काभ्रे सेवा समाज साईप्रसले बसन्तको उपचारका लागि लाखौं रकम आवश्यक पर्ने भएकोले थप आर्थिक सहयोगको अपिल पनि गरेको छ ।

समाजले भनेको छ –“सेवा नै धर्म हो र सहयोग सानो होस् या ठूलो,पिडितको लागि त्यो अति महत्वपूर्ण हुन्छ ।”

काभ्रे सेवा समाज साईप्रसको संयोजनमा जुटेको सहयोग र सहयोगीहरु :

१.साहारा लोप्चन = ५० युरो,काभ्रे हाल साईप्रस

२.सम्जू दोङ = ३५ युरो,काभ्रे हाल साईप्रस

३.सुनिला दोङ = ३०युरो,काभ्रे हाल साईप्रस

४.कुसुम लोप्चन = ३० युरो,काभ्रे हाल साईप्रस

५.रोमन ग्लान = ३० युरो,काभ्रे हाल साईप्रस

६.करिना स्याङ्ब = २० युरो,काभ्रे हाल साईप्रस

७.बिशोरी दोङ = २० युरो,काभ्रे हाल साईप्रस

८.देबिशोरी दोङ = २० युरो,काभ्रे हाल साईप्रस

९.सरिना ग्लान = २० युरो,काभ्रे हाल साईप्रस

१०.लक्ष्मी ठकुरी = १० युरो,बुटोल हाल साईप्रस

११.हर्कमान तामाङ = २० युरो,काभ्रे हाल साईप्रस

१२.कल्पना वाइबा तामाङ = १० युरो,सिन्धुली हाल साईप्रस

१३.एलेणी पोतमीतु = १० युरो,साईप्रस लिमासोल

१४.साङमो थोकर = १० युरो,रसुवा हाल साईप्रस

१५.सुनि तामाङ = १० युरो,नुवाकोट हाल साईप्रस

१६.नानु गोम्जा = १०,युरो,धादिङ हाल साईप्रस

१७.सबिता घिसिङ = ५ युरो,दोलखा हाल साईप्रस

१८.लक्ष्मी ब्लोन = ५ युरो,नुवाकोट हाल साईप्रस

१९.निरु घिसिङ = ५ युरो,दोलखा हाल साईप्रस

कुल = रु ४४,४oo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here