संविधानमा लेखिएको सम्पुर्ण अधिकार अक्षरस कार्यान्वयन गर्नुपर्छ – भिडियो रिपोर्ट सहित

0
87

१४ असार २०७६, काठमाडौं
प्रीतम कुमार तामाङ
सिन्धुपाल्चोक सुनकोशी गाउँ पालिकाको आयोजना तथा नेपाली कांग्रेस केन्द्रिय सभापति एवं पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सुनकोशी गाउँ पालिका भित्र जन्मनु भएका विभिन्न विधामा उत्कृष्ट ६ जनालाई बिशेष सम्मान सहित केहिलाई नगद पुरस्कार सहित सम्मान गरे । जस मध्ये पुर्व सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत, सामुदायिक वनका राष्ट्रिय अभियन्ता निल प्रसाद भण्डारी, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा योगदान पुर्याउनु भएका मोहन कोईराला, बाल प्रतिभा आयुस केसी, पुर्व प्रमुख जिल्ला अधिकारी नेत्र बहादुर कार्की, शिक्षा विद आन्जु खड्का, २०७६ सालको SEE परिक्षामा जिल्ला उत्कृष्ट सबिन श्रेष्ठ रहेका छन् । आयुस केसिलाई रु २ लाख नगद सहित तथा सबिन श्रेष्ठलाई पनि नगद सहित सम्मान गरेका छन ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा उपस्थित पुर्व मन्त्री मोहन बस्नेतले सुनकोशी गाउँ पालिका देशकै पहिलो कर मुक्त पालिका भएकोले सबै पालिकाहरुले अनुसरण गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले मन्तव्य राख्ने क्रममा नेपाली काँग्रेसको नेतृत्वमा बनाएको संविधानमा स्पष्ट रहेको नागरिकको हक अधिकार दुई तिहाईको बाम सरकारले दिनानुदिन कटौती गर्दै लगेकोले छिटै अब संविधानमा लेखिएको सम्पुर्ण नीति नियम, कानुनलाई जस्ताको त्यस्तै अक्षरस कार्यान्वयन गराउन अब छिटै नेपाली काँग्रेसको नेतृत्वको सरकार बन्ने र जसको लागि नेकपाकै नेता कार्याकर्ताहरुले सहयोग गर्ने बताउनु भयो । अहिले केपि नेतृत्वको सरकारमा बढेको भ्रष्टाचार, अनियमितताले गर्दा आफ्नै कार्याकार्ताहरु वाक्क दिक्क भैसकेकोले यसको विकल्प नेपाली काँग्रेस बाहेक अरु हुन सक्दैन भन्नू भयो । भिडियो : 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here