पोखरामा प्रकाश स्मृति 7A साईड फुटबल प्रतियोगिता हुँदै

0
896

१३ असार २०७६, कास्की पोखरा
माओवादी आन्दोलनका योद्धा , समावेशीता , वर्गीय एवम् जातिय सामनता र सामन्ती वर्गको बिरुद्धमा आन्दोलन चर्किरहँदा आन्दोलनमा कलिलै उमेरमा होमिएका कामरेड प्रकाश दाहालको सम्झनामा पोखरामा सम्पन्न हुँदै छ ।  अखिल(क्रान्तिकारी) प्राकृतिक श्रोत व्यवस्थापन कलेज मुल इकाइ कमिटीद्वारा क्रान्तिकारी प्रकाश स्मृति 7 A साइड नकाआउट फुटबल प्रतियोगिता आयोजना गरिएको सुचना क्रान्तिकारी इकाइ कमिटी अध्यक्ष क्रान्तिकारी नेता शिव बस्नेतले गोल्चे सञ्चारलाई जानकारी दिएका छन ।

प्रकाश स्मृति 7 A साइड फुटबल प्रतियोगिता यहि २०७६ असार १७ गते देखि लगातार ४ दिन चल्नेछ । प्रतियोगिता प्राकृतिक श्रोत ब्यवस्थापन कलेजको प्राङ्गणमा हुनेछ । प्रतियोगितामा सहभागी हुन असार १५ गते सम्ममा कलेज इकाइ संग सम्पर्क गर्नु पर्ने छ । प्रतियोगिताको बिजेता र उपबिजेताले क्रमशः नगद रु. ४०,००० र रु. २५, ००० साथै मेडल र सिल्डप्राप्त गर्ने छन भने विभिन्न बिधामा वेस्ट प्लेयर , वेस्ट गोल किपरले पनि सम्मान प्राप्त गर्ने इकाइका उपाध्यक्ष सौगात जङ कार्किले बताए  ।

प्राकृतिक श्रोत ब्यवस्थापन कलेज मुल इकाई कमिटीद्वरा आयोजित प्रतियोगितालाई  थप उर्जा दिन र सहजताका साथ सम्पन्न गराउन समन्वयकारी भुमिकामा अखिल(क्रान्तिकारी) पोखरा महानगर कमिटीले भोलुन्टरिङ , सुरक्षा लगाएत खेल ब्यवस्थापनमा विशेष जिम्मा लिने महानगर कमिटी अध्यक्ष विशाल तामाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here