कमल तामाङले दिए अध्यक्ष पदमा उम्मेदवारी

0
456

१२ असार २०७६
नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी फोरमले अध्यक्ष पदको लागि कमल तामाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । फोरमको बहुमत कार्यसमितिको बैठकको निर्णय अनुरुप व्यवसायी कमल तामाङलाई अध्यक्षमा उठाउने निर्णय भएको फोरमका अध्यक्ष हंशराज वाग्लेले जानकारी दिनु भयो । 

फोरमको बैठकको निर्णय बमोजिम आफुलाई संघको अध्यक्ष पदमा उम्मेद्वारी दिन आधिकारिक पत्र प्राप्त भएको कमल तामाङले जानकारी दिनुभयो । तामाङले यसअघि महासचिवको कार्यकाल सफल रुपमा निर्वाह गरिसकेका छन् ।

यस अघि गत जेठ ३० गते फोरमले आगामी निर्वाचनका लागि उम्मेद्वारी  दिन इच्छुक भए नाम टिपाउन व्यवसायीहरुमा आह्वान गरेको थियो । सो अनुरुप अध्यक्ष पदका लागि कमल तामाङ, भुवन गुरुङ, विष्णु गैरे लगायतको चर्चा हुँदै आएको थियो । संघका अध्यक्षका लागि चयन भएका तामाङ संघका पुर्व महासचिव, फोरमका पुर्व सल्लाहाकार, नेपाली कांग्रेस महासमिति सदस्य समेत हुन् ।

व्यवसायी संघले आगामी आषाढ २७ गते साधारण सभा र निर्वाचनको मिति तय गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here