भुटानमा सम्पन्न तेक्वान्दो खेलमा नेपाललाई ४ स्वर्ण १ काँस्य २ रजत

0
539

२० जेठ २०७६
यहि June 1st – 3rd (जेठ १८-२०) सम्म मित्र राष्ट्र भुटानमा सम्पन्न ५ औं अन्तर्राष्ट्रिय क्युरोगी तथा चौथो अन्तर्राष्ट्रिय पुम्से प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै कोटेश्वर तेक्वान्दो डोजाङको तर्फबाट सहभागी खेलाडीहरुले नेपालको तर्फबाट ४ स्वर्ण, १ काँस्य, २ रजत सहित उत्कृष्ट जित हाँसिल गर्दै नेपालको झण्डा फहराउन सफल भएका छन । ७ वटा पदक जितले कोटेश्वर तेक्वान्दो डोजाङका खेलाडीहरुले डोजाङको इज्जतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा अत्यन्तै हर्षित रहेको डोजाङका प्रमुख प्रशिक्षक नवीन कुमार श्रेष्ठले बताए ।

स्वर्ण पदक बिजेतामा जुनियर महिला तर्फ ४२ केजिमा अनुज्ञा सापकोटा जित आफ्नो पकडमा पार्दै सापकोटा संग भुटानका खेलाडीले वाक ओभर दिए । पुरुष जुनियर तर्फ ईमोन राणा २४ केजिमा स्वर्ण जिते । उनले भुटानका खेलाडीलाई ३ का बिरुद्ध १७ अंकको फराकिलो अन्तरले जित प्राप्त गरे । पुरुष जुनियरमा नै ४८ केजि तौल समूहमा अरुण तिवारिले भारतका खेलाडिलाई  ६-११ को फरक अंकले जित हाँसिल गर्दै स्वर्ण पदक आफ्नो पकडमा पारे । त्यस्तै अर्को स्वर्ण बिजेतामा पुरुष सिनियर तर्फ ७२ केजि समुहमा अर्जुन बहादुर सार्किले जितेका छन । रजत बिजेतामा महिला सिनियर तर्फ ४६ केजि तौल समुहमा शर्मिला खड्का, काँस्य पदक बिजेतामा महिला सिनियर ५५ केजिमा सुस्मिता मोक्तान र पुरुष जुनियरमा ४५ केजिमा सागर सिं ले जितेका छ्न । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here