बिश्वको सर्बोच्च शिखर चुम्दै तामाङ टोपिमा सजिए तामाङ चेली सर्मिला स्याङ्तान

0
3139

१० जेठ २०७६
प्रीतम तामाङ गोले
“असफलता नै सफलताको एउटा सुरुवात हो” तसर्थ अघि बढ्नेहरुको लागि यात्रा कहिल्यै टुंगिदैन बरु हरेक बिहानको किरण सुरुवात हुन्छ । तामाङ चेली शर्मिला स्याङ्तान सायद तामाङ समाजमा धेरै सुनिएको नाम हुनुपर्छ । यो नाम एकाएक चर्चामा आयो जब गएको वर्ष लुम्बिनी देखि सगरमाथाको चुचुरो सम्मको यात्रा “बुद्ध वज बर्न इन नेपाल” भन्ने नारालाई सार्थक तुल्याउने र बिश्वमा यसलाई फैलाउने भन्ने उद्देश्यले यात्रा तय भएको थियो ।

यस पश्चात् आरोहणका लागि गएका दुई चेली मध्य एक जनाले सफल आरोहण र शर्मिला भने स्वास्थ्य स्थितिका कारण थोरै मात्र सफलता नभएकोले फर्किनु परेता पनि उद्देश्य भने एक जनाको सफल आरोहण संगै पूरा भैसकेको थियो नै । यद्यपि समय बित्दै जाने क्रममा तामाङ समाजमा एकाएक यहि नाम नकारात्मक तरिकाले चर्चामा आयो कि शर्मिलाले सगरमाथा चढ्न नसकेर बिचबाटै फर्किए, उनले सम्पुर्ण तामाङलाई धोका दियो, समाजको नाम बदनाम गरे जस्ता टीका टिप्पणी गर्न थालियो । त्यस पश्चात् तामाङ समाजले एकाएक गाली र गलौजको वर्षा गर्न थाले कि यो थोरै स्वास्थ्यले साथ अनि समयले साथ नदिँदाको परिणाम स्वरुप यो नै उनको अन्तिम मौका हो भनें झैं गरियो ।

हो यस पश्चात् आफुले आदर्श गर्ने ब्यक्ती अनि आफ्नै तामाङ समाजबाटै यति अपहेलित भयो कि सायद सानो मन अनि त्यही हाम्रो अशिक्षित तामाङ चेलिहरु जस्तै भैदिएको भए आज उनको यो सफल यात्राको दिन हैन अर्कै नराम्रो दिन पो देख्नु पर्थ्यो कि ? यो प्रश्न वास्तवमै गम्भीर छ ।

बिश्वको सर्बोच्च शिखर सगरमाथामा सायद पहिलो चोटि होला तामाङ टोपी लगाएको । हो यो महान कदमको लागि आरोही शर्मिला तामाङको लागि यो समाजले बदनाम गरे पनि अझै आफ्नोपन अनि अफ्नो जातित्वको लागि कति माया, प्रेम, सम्मान छ भनेर थाहा पाउन सकिन्छ । यो कदमको खुलेरै प्रशंसा गर्न सक्नु पर्दछ ।

उनले २०७६ जेठ ८ गते बिहान ८:५५ बजे सगरमाथाको सफल आरोहण गरेका हुन् । आरोहण पश्चात् आज बेस क्याम्प सम्म फर्किसकेका छन । उनको आरोहण संगै एक सहासिक, संघर्षशिल एक तामाङ चेलिको जन्म भएको महसुस सबैले गर्नेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here