एल्बम प्रेम विमोचन, गितकार जीवन बोम्जनको यात्रा निर्देशनमा समेत

0
303

१० जेठ २०७६, काठमाडौं
सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँ पालिका वडा नं ४ मा  बुबा ङज्याङ शेर्पा र आमा मिङमार डोमा शेर्पाको कोखमा २०४८ सालमा जन्म भएका गायक प्रेम शेर्पाको प्रेम नामक पहिलो एल्बम आज एक कार्यक्रम बिच विमोचन सम्पन्न भयो । कार्यक्रम लोकप्रिय गायक एवं समाजसेवी गम्बु शेर्पाको प्रमुख अतिथ्यता अनि बिशेष अतिथिमा शेर्पा कलाकार संघका अध्यक्ष डिजे नवाङ को उपस्थितिमा सप्पन्न भएको हो । साथै अन्य चर्चित संगितकार, कलाकारहरुको पनि बाक्लो उपस्थिति रह्यो ।

  || गायक प्रेम शेर्पाको सांगीतिक यात्रा ||

पहिलो सांगीतिक कोसेलीको रुपमा मलेसियामा वैदेशिक रोजगारीको सिलसिलामा २०७५ सालमा आफ्नै शब्दमा “धेरै वर्ष माया गरि” बोलको आधुनिक गित गायिका लमु शेर्पाको स्वरमा निकालेका थिए । जुन गित प्रेम शेर्पाको आफ्नै जिवनको वास्तविक घटमा संग मेल खाने बताउँछन् । त्यस्तै गरि पप सेलो “तातो पानी जाने बाटोमा”, जसलाई पुष्कर सुनुवारले स्वर दिएका छन । तेश्रो कोसेलिको रुपमा सेलो दोहोरी आफ्नै शब्द स्वरमा “सिन्धुपाल्चोक” ल्याएका थिए । यस पछि भने आज “ज्यान कान्छी” नामक गितको भिडियो सहित “प्रेम” एल्बममा समेटिएका छन ।

शेर्पालाई सानै देखि सेलो गितहरु सुन्दा, अरुले गाएको देख्दा आफुलाई पनि गाउगाउ लाग्ने र त्यो ठाउँमा पुग्न पाए हुने भन्ने मनमा संधै आईरहन्थ्यो । जसले गर्दा आफू अहिले सांगीतिक क्षेत्रमा रहेको बताउँछन् । आफ्नो वंशमा कोहि पनि यसरी कलाकारितामा नभएकोले उनको कलाकारिता देख्दा आफ्नी आमा भने अति नै खुसी हुँदै संधै प्रशंसा गरेको सुन्दा सबै भन्दा गर्व महसुस हुन्छन ।

गायन मार्फत देशमा विभिन्न स्टेज शो हरुमा आफ्नो प्रस्तुति दिँदा हुटिङ, ताली, अनि गितमा नाची दिंदा अझै अघि बढ्छु भन्ने सोच हुन्छन उनि । कलालाई कमाउने सोच भन्दा आफ्नो समाजको लागि, संस्कृति , भाषा, कला जगेर्ना गर्नका निम्ति लागेको बताउँछन् । अबको दिनमा आफ्नै शेर्पा भाषाको र सेन्टिमेन्टल गित छिटै बजारमा ल्याउने उनले बताए । साथै प्रेम एल्बममा रहेको सम्पुर्ण गितलाई मन पराईदिनेछ भन्ने आशा समेत राखेको बताए ।

गायिका लमु शेर्पा पनि भोटेकोसी गाउँ पालिकाकै रहेको छ । गायक प्रेम शेर्पाको पहिलो शब्द रचनाको “धेरै वर्ष माया गरि” मा स्वर दिए पश्चात् आफ्नो सांगीतिक यात्रा औपचारिक रुपमा सुरु भएको बताउँछन् । त्यस पश्चात् “नाधिङ भाकैमा”, नगर दोमन पछिको यो प्रेम एल्बममा समाबेश पछिल्लो गित “ज्यान कान्छी” रहेको छ । उनलाई कुनै पनि शब्दको गितहरु गाउंदा आफ्नै लागि गाएको जस्तो लाग्ने भएकोले गित भित्र आफैं हराउने बताए । यो ज्यान कान्छी बोलको गित भने आफ्नै गाउँ ठाउँको प्रचारप्रसार को शब्द र भाका भएकोले पकै सबैले मन पराईदिने म आशावादी रहेको छ । अबको दिनमा आफ्नै शेर्पा समाजको भाषामा गित गाउने उनको धोको रहेको छ ।

|| गितकार जीवन बोम्जनको यात्रा गायक हुँदै निर्देशक सम्म ||

धेरै लोकप्रिय गितको शब्दहरु कोर्दै सुरु भएको कलाकारिता यात्रा ओखलढुंगे जीवन बोम्जन सबैको प्रिय गायक हुँदै यति बेला म्युजिक भिडियो निर्देशकको समेत आफ्नो पहिचान बनाउन सफल भएका छन । उनले यस एल्बममा समेटिएको ज्यान कान्छिमा उनैको निर्देशन रहेको छ । उनको अनुसार कुनै पनि भिडियो बनाउँदा प्राविधिक सामाग्री र लगानीले गर्दा क्वालिटीमा फरक आउने बताए । किनकी जति राम्रो लगानी भयो त्यति राम्रो गुणस्तरको सामाग्री प्रयोग गर्न सक्ने भएकोले सम्भवत सेलो र नाधिङ भाकाको गितको भिडियोमा पहिलो पल्ट रेड ड्रागन क्यामेरा प्रयोग गरेको बताए ।

एल्बम विमोचन पश्चात् प्रमुख अतिथी गम्बु शेर्पाले कलाकारिता क्षेत्र संधै सिक्दै अघि बढ्ने भएकोले यो सिक्न र गर्नलाई कहिल्यै नटुंगिने बताए । अहिलेको जमानामा एल्बम निकालेर विमोचन गर्नु भनेको अत्यन्तै चुनौतीपूर्ण रहेको उनको तर्क रहेको थियो । पहिले पहिले क्यासेट, सिडिको बेलामा जस्तो खर्च उठाउन नसक्ने भएकोले यस्तो स्थितिमा समेत प्रेम एल्बम ल्याउनु साँच्चै सांगीतिक क्षेत्रको लागि गर्वको कुरा रहेको उनको धारणा रहेको थियो ।

बिशेष अतिथी डिजे नवाङका अनुसार भिडियो राम्रो बनेकोले सबैको प्रशंसा गर्दै आगामी यात्रा सफल रहोस भन्ने शुभकामना दिए । अतिथिको रुपमा उपस्थित पहिलो तामाङ नायिका चाँदनी  मोक्तानले अहिले चलचित्रलाई टक्कर दिने खालको क्वालिटिमा म्युजिक भिडियोहरु आईरहेकोले चलचित्रलाई नै चुनौती दिरहेको बताए ।

साथै विमोचन कार्यक्रममा प्रेम एल्बमका टिमलाई समेत सम्मान गरेका थिए 

“ज्यान कान्छी” टिम
     _______________________________
शब्द : जीवन बोम्जन
संगित / संगित संयोजन : जोगलाल लामा
स्वर : प्रेम शेर्पा / लामु शेर्पा
मिक्सिङ : दिपेश प्रधान
    ________________________________
भिडियो
निर्देशन : जीवन बोम्जन                                    नृत्य निर्देशन : मन्जु थिङ                            छायांकन : रामेश्वर जिरेल
अभिनय : अनुस्का दोङ / प्रेम शेर्पा
कलरिङ : प्रदिप दहाल
सम्पादन : बिजय राज बुर्तेल

भिडियो हेरेर शेयर, कमेन्ट अनि सब्सक्राईब गर्न नभुल्नु होला :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here