असन्तुष्टिका बिच पनि रन्जित तामाङ फर्किए

0
120

८ जेठ २०७६
अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष क. रन्जित तामाङ नेकपा एकताको जनवर्गीय संगठनहरुको नेतृत्व चयन पश्चात् उनले पाएको जिम्मेवारी प्रती असन्तुष्टि रहेको भनी विभिन्न चर्चा परिचर्चा बहिरिएका थिए । यति सम्म कि उनले पार्टि नै परित्याग गर्ने सम्मको हल्ला चलेको थियो ।

गएको बिहीबार बालुवाटारमा बसेको नेकपाको बैठकले अनेरास्ववियुको अध्यक्षमा ऐन महर र सह–अध्यक्षमा रन्जित तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको थियो। उक्त निर्णय प्रती असन्तुष्टि जनाउँदै गृह जिल्ला पुगेर आफ्नो आधिकारिक धारणा राख्ने बताएका थिए । उनले पार्टी एकता संगठनात्मक मात्र नभई भावनात्मक पनि हुनु पर्ने भन्दै उनले नेकपमा त्यसको अभाव भएको जिकिर गरे ।

आफुले पार्टी र संगठनको लागि परिवार भन्दा बढी प्रचण्डलाई मान्दै उनले भनेको हरेक कुरा माने तर म माथी अन्याय भयो समेत भनें ।

यद्यपि उनले झापामा आयोजना भएको पत्रकार सम्मेलनमा  पार्टीले दिएको जिम्मेवारी स्वीकार्दै आफुलाई पार्टिले दिएको अनेरास्ववियू को सह – संयोजक  भुमिकाको जिम्मेवारीमा फर्कने जानकारी दिएका छन् ।

    ___________________________________

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here