जेठ २९ र ३० मा हुने भयो तामाङ अन्तर्राष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव

0
90

२५ बैशाख २०७६, काठमाडौं
तामाङ भोइस तथा सेलो फाउन्डेसन को आयोजना र एससिआरसिको नलेज पार्टनरमा यहि बैशाख २६ र २७ गते हुने भनिएको तामाङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तोकिएको समय सारिएको छ । समय अभाव तथा अन्तरिक तयारिको लागि साथै धेरै भन्दा धेरै संघ संस्थाहरु सहित प्रतियोगीहरुलाई समेत समेट्ने उद्देश्यले सारिएको आयोजकले प्रेस विज्ञाप्ती मार्फत सार्वजनिक गरेका छन् ।

समयलाई परिवर्तन गरि जेठ २९ र ३० गते राष्ट्रिय सभा गृहमा गरिने समेत जनाएका छन् । साथै अब विधिवत् रुपमा भिन्न तरिकाले “तामाङ अन्तर्राष्ट्रिय ईन्डिपेन्डेन्ट चलचित्र महोत्सव – २०१९” को नामले गरिने छन् ।

महोत्सवमा तामाङ सौन्दर्य, जिवनशैली र ज्ञान परम्परा झल्कने एवं तामाङ समुदाय संग प्रत्यक्ष सरोकार राख्ने विषयबस्तु माथी बनेका छोटो फिल्म, डकुमेन्ट्री, तामाङ फिल्म समेटिने छन् ।

प्रेस विज्ञाप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here