“संगठन बलियो हुन स्वच्छ छविको नेतृत्व भन्दा अरु केही हुन सक्दैन”

0
602

२०७६ बैशाख १८, काठमाडौं
नेपाल मदिरा व्यवसायी महासंघको ११ औं राष्ट्रिय महाधिवेशन यहि बैशाख २१ गते काठमाडौंमा सम्पन्न हुँदै छ । जसको लागि देशै भरिका मदिरा व्यवसायीहरु चुनावको लागि काठमाडौं जम्मा हुनेछन् । स्पष्ट रुपमा आफ्नो धारणा राख्ने नैतिकवान, सबल नेतृत्वकर्ता, स्वच्छ छविको व्यक्तित्व अनि मदिरा व्यवसायीहरुको हकहितको लागि जस्तो सुकै कदम चाल्न तयार हुने वर्तमान महासंघमा वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं जिल्ला संघमा अध्यक्ष जस्तो गरिमामय पदमा रहि सम्पुर्ण व्यवसायीहरुको मन मुटुमा बस्न सफल सोनाम शेर्पाले पनि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अहिले सम्मको चहलपहललाई हेर्दा बहुमत व्यवसायीहरुको स्पष्ट समर्थन रहेका शेर्पालाई कुनै पनि उम्मेदवार प्रतिस्पर्धी अनि प्रभावशाली लाग्दैनन् ।

काठमाडौं जिल्ला संघमा अध्यक्षको रुपमा ३ सफल कार्यकाललाई बिताइसकेका उनलाई जिल्ला काठमाडौं संघले सम्पुर्ण व्यवसायीहरुको पुर्ण समर्थन तथा सिफारिसमा नै उम्मेदवारी घोषणा गरेका हुन् । मदिरा व्यवसायीहरुको हकहितको लागि नियमन गर्न कसैले नचिताएका कामहरुमा नेतृत्व गर्दै सफलता समेत हात पारेका थिए । सायद कतिपय व्यवसायीहरुलाई उहाँले पुर्याउनु भएका योगदानहरुको बारेमा थाहा नहुन सक्छ । धेरै बोल्नु भन्दा सफल काम गर्ने, हँसिलो अनि मिलनसार व्यक्तित्वका धनी शेर्पा र गोल्चे सन्चारका प्रीतम कुमार तामाङ बिच यसै सन्दर्भमा गरिएको छोटो कुराकानी प्रस्तुत गरेका छौं :

१) चुनाव नजीकी सकेको छ, तपाई कसरी तयारी गर्दै हुनुहुन्छ ?
– नेपाल मदिरा ब्यबसायी महासंघका बर्तमान र पुर्व पदाधिकारी लगायत व्यवसायिक अगुवाहरु तथा काठमाडौ जिल्ला समितीले सर्वसम्मत रुपमा समर्थन गरेको उम्मेदवार भएकोले र देशै भरिका मदिरा व्यवसायी साथिहरु संग नजिकको मित्रता रहेकोले मलाई खासै चुनावी दौड धुप गर्नु परेको छैन, किनकी मदिरा व्यवसायीहरुको हकहितको निम्ति म भन्दा अरु कुनै पनि उम्मेदवार विकल्प हुनै सक्दैन भन्ने उहाँहरुलाई थाहा भएकोले म भन्दा उहाँहरु अझ बढी खटिरहनु भएको छ कि कसरी सफलता प्राप्त गर्ने भनेर । त्यसै गरि अन्य बाहिरी जिल्लाका मदिरा व्यवसायी साथिहरु संग भेटघाट तथा छलफलमा पनि व्यस्त छु । साथै देशैभरिबाट पाल्नुहुने प्रतिनिधि साथिहरुको उचित ब्यबस्थापनको लागि सबै लागि परिरहेका छौँ ।

२) तपाईको उम्मेदवारी किन र जित्ने आधार के छ ?
– म आफू देशकै केन्द्र यानकी काठमाडौंमा रहि जिल्ला संघको अध्यक्ष पदमा रहि ३ सफल कार्यकाल गरिसकेको तथा चितवनमा सम्पन्न १० औं महाधिवेशनले निर्विरोध वरिष्ठ उपाध्यक्ष जस्तो पदमा चुनिएको व्यक्ति भएकोले तथा मैले अहिले सम्म काठमाडौं जिल्लाका सिमित व्यवसायीहरुको निम्ति मात्र नभै सिंगो देश भरिकै मदिरा व्यवसयीहरुको महत्वपूर्ण हकहितको निम्ति गर्नु पर्ने विविध आन्दोलन, दबाबलाई नेतृत्व गर्दै सफलता प्राप्त गरेको हुँदा सरकारबाट अपहेलित हाम्रो व्यवसायलाई उच्च मुल्यांकन गर्ने व्यवसाय अनि सम्मानित व्यवसायको रुपमा रुपान्तरण गर्नको लागि मैले उम्मेदवारी दिएको हो ।

त्यस्तै म आफू आर्थिक, संगठनिक,  नैतिक रुपमा स्पष्ट, सम्पुर्ण मदिरा कम्पनीहरु संगको बिश्वासिलो सम्बन्ध भएकोले, महासंघका पुर्ब अध्यक्ष राम श्रेष्ठ, निबर्तमान अध्यक्ष नवीनलाल श्रेष्ठ, महासंघका पुर्ब अध्यक्ष सन्तोष पाण्डे, सल्लाहकार दुर्गालाल श्रेष्ठ, बिष्णु श्रेष्ठ, काठमाडौं जिल्ला सचिब तथा महासंघ बाग्मती अञ्चल प्रतिनिधि रुप तामाङ, ललितपुर जिल्लाका अध्यक्ष निरु थपा, महासचिव हरिहर अधिकारी, निबर्तमान अध्यक्ष राजु लामा, भक्तपुर जिल्लाका अध्यक्ष श्याम प्रजापति, किर्तिपुर इकाइ अध्यक्ष सकेश महर्जन, कपन इकाइ अध्यक्ष राजन पौडेल, व्यावसायीहरु श्याम श्रेष्ठ, महेन्द्रलाल श्रेष्ठ, सुबास प्रधान, राकेश तन्डुकार, रबि जोशी, काठमाडौं जिल्लाका सल्लाहकार तथा कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरु सहित सम्पुर्ण प्रदेशका प्रतिनिधि साथिहरुको बिश्वास तथा पुर्ण साथ समर्थन समेत भएकोले जित सुनिश्चित छ ।

३) देशैभरका मदिरा व्यवसायीले तपाईलाई किन चुन्ने ?
– हामी अहिले २१ औँ सताब्दिमा छौं । अहिलेको समय परिस्थिति र नेपाल सरकारले मदिरा व्यवसायलाई लगाउदै आएको अंकुसले गर्दा हाम्रो व्यवसाय धरासायी हुने अवस्थामा छ । अहिले देशका प्रमुख सहरहरुमा ईन्टरनेटको सजिलो उपलब्धता रहेकोले अनलाइन सपिङहरु दिनानुदिन बढ्दै छ । यस्ता अनलाइन सपिङहरुले मदिराजन्य वस्तुहरु समेत सस्तो मुल्य राखी बेच्न थालेका छन् । यी कुराहरु वास्तवमै ठूलो चुनौतीको रुपमा मैले लिएको छु । अन्य सानातिना समस्याको समाधान जो कोहिले गर्न सक्छ तर मैले बाहेक अरु कुनै उम्मेदवारले यस्ता चुनौतीपूर्ण कुराहरुलाई पार लगाउन सक्ने आईडिया, हिम्मत र आँट पनि छैन तसर्थ राज्यले वा अन्य कुनै तत्वले हामिलाई कुनै पनि हिसाबमा दिने चुनौतीको सामना गर्ने उम्मेदवार म नै भएकोले उहाँहरुले निश्चिन्त भै मलाई चुन्नु हुनेछ ।

४) तपाईं लामो समय देखि मदिरा व्यवसायमा हुनुहुन्छ । नेपाल मदिरा व्यवसायी महासंघमा पनि पहिले देखिनै हुनुहुन्छ । तपाईको महासंघमा रहेर सम्पुर्ण व्यवसायीहरुलाई प्रत्यक्ष लाभ हुने, फाईदा हुने, उत्थान हुने के कस्ता कुराहरुमा संलग्नता छ ?

– विगतमा नेपाल सरकारले मदिरा व्यवसायलाई लक्षित गर्दै निरुत्साहित हुने किसिमका जस्तो खाले निति नियमहरु ल्याए त्यस्ता नीतिको बिरुद्धमा घोर विरोध जनाउँदै महासंघको तर्फबाट मेरो नेतृत्वमा नेपाल सरकार संग व्यवसायिहरुको स्पष्ट धारणा सहित गृहमन्त्री राम बहादुर थापा समक्ष ज्ञापन पत्र बुझाई त्यस्ता नियमनलाई रोकेको सम्पुर्ण व्यवसायी साथिहरुलाई अवगत नै छ । त्यस्तै अघि मैले भने जस्तै ई-सेवा नामक अनलाइन सपिङले हाल सालै अनलाइन मार्फत हजारौं हामी जस्ता व्यवसायिहरुलाई मर्का पर्ने मूल्य तोकि बिक्रीवितरण गरिरहेको विषयलाई महासंघको नेतृत्व गर्दै तुरुन्त बन्द गर्न सफल पनि भएको छु । त्यस्तै यो व्यवसायमा बढी मात्रामा आइपर्ने समस्या भनेको लिकेज ब्रीकेजलाई सरलीकरण गर्न मैले नेतृत्वदायी भुमिका खेलेको छु । र नक्कली मदिरा व्यापार गरि पटक पटक प्रहरिबाट सजाय पाएका नक्कली मदिरा व्यवसायीले गर्दा सम्पुर्ण व्यबसायीलाई पर्न गएको गम्भीर नोक्सानीलाई मध्यनजर गर्दै त्यस्ता व्यवसायीलाई कारवाही स्वरुप मेरो नेतृत्वमा रहेको काठमाडौं संघले सदस्यता खारेज गरि कुनै पनि कंपनिको मदिरा बिक्रीवितरण गर्न समेत रोक लगाएर कारवाही गरेको छु जस्ले गर्दा सक्कली व्यवसायीहरु उत्साहित र नक्कली मदिरा व्यवसायी निरुत्साहित भएको छ ।

५) महासंघको चुनाव पकै सामान्य त हुँदै हुन्न होला । त्यस्तै चुनाव हुने भैसकेपछी तपाईको प्रतिद्वन्द्वी उम्मेदवार पनि होला नै । आफ्नो प्रतिद्वन्द्वीलाई भने तपाईंले कत्तिको प्रभावशाली रुपमा हेर्नू भएको छ ?

– तपाईंले अघि गर्नु भएको प्रश्न तपाईको जित्ने आधार के हो को बलियो आधार नै यहि हो । किन हो भने मेरो प्रतिद्वन्द्वी कमजोर हुनुनै मेरो जित हो । अहिले सम्म मेरो प्रतिद्वन्द्वीको रुपमा उम्मेदवारी दिनु भएका व्यवसायी साथिको कुरा प्रायः सम्पुर्ण व्यवसायी साथिहरुलाई थाहा नभएको पनि होईन । उहाँ एक नैतिक पतन भएको, विभिन्न मदिरा कंपनिहरुको आर्थिक बाँकी बक्यौता नतिरेको, नेतृत्वमा बस्ने तर पदको दुरुपयोग गर्दै आर्थिक पारादर्शिता नगरेकोले मदिरा व्यवसायी संघ काठमाडौंले एकपटक कारवाही समेत गरेको व्यक्ती हुनुहुन्छ । साथै अन्य अनियमितता सम्बन्धि विभिन्न निवेदन समेत काठमाडौं संघको टेबलमा कारवाहिको लागि रहेको छ । विगत ३ वर्ष देखि काठमाडौं मदिरा संघले कुनै पनि औपचारिक कार्यक्रमहरुमा कारवाही स्वरुप सहभागी नगराउने निर्णय गरेको, मदिरा व्यवसायको फार्म ईजाजत दर्ता मात्र गरि दराजमा थन्काई प्रत्यक्ष व्यबसाय नगरि पदको लोभको लागी मात्र लडेको व्यक्ति रहेको छ । तसर्थ कुनै पनि प्रत्यक्ष व्यवसाय गर्ने साथिहरुले उहाँलाई कुनै पनि हालतमा प्रभावशाली रुपमा हेर्दै हेर्दैन, यदि त्यसरी हेरेमा उहाँहरु आफै पछुताउनु पर्ने छ ।

६) यदि तपाईंले महासंघको नेतृत्व पाएमा के के कुराहरु के कस्ता योजनाहरु छ्न् ?

– पहिलो विषय भनेको हामी मदिरा व्यवसायीहरुलाई आफ्नै सरकारले हेर्ने जुन दृष्टिकोण छ त्यसलाई पन्छाउँदै मर्यादित, सबल, व्यबस्थित गर्दै दिगो बनाउने मेरो पहिलो योजना अनि हरदम प्रयास रहेको छ । साथै हामी व्यवसायीहरुलाई आईपर्न सक्ने जस्तो सुकै समस्याहरुको लागी, हकहितको लागि महासंघ आर्थिक रुपमा अति नै कमजोर भएकोले यसलाई सबल बनाउने । २१ औँ सताब्दी अनुसारको व्यवस्थित कार्यालय अनि व्यवसाय सन्चालन गर्न हर किसिमका योजनामा लाग्ने । साथै अब १ वर्ष भित्र महासंघको निर्माणधिन भवनलाई सम्पन्न गराई महासंघको कामकाजलाई आफ्नै निजि भवनमा गर्ने व्यवस्थापन गर्नेछु ।

७) अन्तिममा के भन्न चहानुहुन्छ ?

– संगठन मुखको भरमा चल्दैन यहाँ काम गर्नु पर्छ । जस्ले कामले गरेर देखाएको छ त्यो हो मैले विगतमा गरेको मदिरा व्यवसायीहरुको हितको काम । जत्ती मैले सोचेको छ मदिरा व्यबसायलाई अघि बढाउने उपायहरु, योजनाहरु यो भन्दा बढी अन्य साथिहरुको पनि हुन सक्छ जुन कुराहरु म बाहेकका उम्मेदवारले मान्ने, सुन्ने अनि कार्यान्वयन गर्ने छैन भन्न चहान्छु । म सम्पुर्ण देशै भरिका मदिरा व्यवसायी साथिहरुको सल्लाह, सुझाव अनि समस्यालाई आफ्नै समस्याको रुपमा हेर्ने व्यक्ती हो भनेर ढुक्क हुनुस् र मलाई मतदान गर्नुस् भनेर हार्दिक अपिल गर्दछ । मदिरा व्यवसाय हाम्रो व्यवसाय,, हाम्रो व्यवसाय राम्रो व्यवसाय,, हाम्रो व्यवसाय हाम्रो इज्जत।।। जय मदिरा व्यवसायी,, नमस्कार ! धन्यवाद !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here