प्रथम जुगल कप उपाधि विजेता खेलाडीहरु र्याफ्टिङमा मनोरञ्जन | गोल्चे सञ्चार डट कम

प्रथम जुगल कप उपाधि विजेता खेलाडीहरु र्याफ्टिङमा मनोरञ्जन | गोल्चे सञ्चार डट कम

0
278

०५, बैशाख, सिन्धुपाल्चोक जुगल गाउँपालिका -२ गोल्चेमा गोल्चे भुमे युवा परिवार द्वारा आयोजित प्रथम जुगल कप भलिबल प्रतियोगिता  २०७५/१२/२७ गते जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठको  प्रमुख आतिथ्य र उपाध्यक्ष सृजना तामाङको विशेष आतिथ्यमा उद्घाटन भइ २०७५/१२/२९ गते प्रदेश सांसद सरेश नेपालको प्रमुख आतिथ्य र नेकपाका केन्द्रिय सदस्य दावा तामाङको विशेष आतिथ्यमा समापन भएको थियो।


उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम जुगल कपको प्रथम उपाधि हाता पार्न जुगल युथ हर्ट क्लब – पाङताङ सफल भएका थिए।
प्रथम जुगल कपको प्रथम उपाधि विजेता जुगल युथ हर्ट क्लब – पाङ्ताङका खेलाडीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यका साथ हामीले Sukute Beach बनभोज कार्यक्रम – २०७६/०१/०३ आयोजना गरेका हौं । खेलकुद क्षेत्रमा खेलाडीहरुको मनोबललाई उच्च बनाउने र थप  इच्छा  शक्ति जोसजागर पैदा गर्ने र जस्तोसुकै परिस्थितिमा पनि खेलकुद लाई निरन्तरता दिदै  समग्र जुगल खेलकुद विकासमा यस जुगल युथ हर्ट क्लब – पाङताङका खेलाडीहरुले  विशेष भुमिका निर्वाह गर्दै सिन्धु खेलकुद विकासमा छुट्टै पहिचान स्थापित गर्न सफल हुनेछ भन्ने ठुलो अपेक्षाका  साथ प्रथम जुगल कप हाता पार्न सफल भएको खुशियाली र नयाँ वर्ष २०७६ को अवसर पारेर खेलाडीहरुलाई  Sukute Beach मा साहसिक खेल र्याफ्टिङमा मनोरञ्जन दिलाएका हुन।

जुगल युथ हर्ट क्लब द्वारा आयोजित  वनभोज कार्यक्रम सिन्धुपाल्चोक  नेपाल तामाङ घेदुङ संघका अध्यक्ष  एवम् नेकपाका जिल्ला कमिटी सदस्य जुगलका होनहार युवा नेता  रेशम स्याङ्बो ,   नेकपाका  जिल्ला कमिटी सदस्य धर्मलाल श्रेष्ठ , युवाहरुको मनोभावना लाई सहजै बुझ्ने खेलप्रेमी युवा नेतृत्व , जुगलका  जुझारु युवा नेता एवम जुगल – काठमाडौ सम्पर्क मंचको अध्यक्ष इन्द्र श्रेष्ठ , समाजसेवी एवम् राजनैतिक ब्याक्तित्व सिंग श्रेष्ठ , खेलप्रेमी युवा नेता जुगल – ४ पाङताङका जनप्रतिनिधि  वडा सदस्य  लाल ब. श्रेष्ठ ,   सामाजिक अभियान्ता एवम् बैचारिक ब्याक्तित्व  नवीन बिक्रम थापा, समाजसेवी एवम् कुटनैतिक ब्याक्तित्व चन्द्र ब. श्रेष्ठ ,सिन्धुपाल्चोक नेपाल तरुण दलका क्षेत्रीय कोषाध्यक्ष दिनेश श्रेष्ठ , समाजसेवी ब्याक्तित्व छिरिङ तामाङ ,  नेकपाका  सक्रिय सदस्य एवम् समाजसेवी ब्याक्तित्व ,  मंगलाल श्रेष्ठको आतिथ्य मा सभ्य भव्यताका साथ  Sukute Beach वनभोज कार्यक्रम सम्पन्न भएको हो।

वडाको तर्फ बाट जनप्रतिनिधिहरुको प्रतिनिधित्व गर्दै जुगल – ४ पाङताङका वडा सदस्य श्री लाल ब.श्रेष्ठले वनभोज कार्यक्रममा विशेष भुमिका निर्वाह गर्नुभएको थियो। खेलकुद क्षेत्रमा युवाहरुलाइ थप उर्जाशक्ती पैदा गर्दै हौसला प्रदान गर्ने  उद्देश्यका साथ  युवाहरुको आशाको केन्द्रविन्दु खेलप्रेमी युवा नेतृत्व , जुगलका जुझारु युवा नेता तथा जुगल – काठमाडौ सम्पर्कमन्चको अध्यक्ष श्री इन्द्र श्रेष्ठले खेलाडी सहित वनभोज  कार्यक्रममा  सरिक भएका सम्पुर्ण टिमलाई SUKUTE BEACH मा र्याफ्टिङ खेलाउने उद्घोष  गरेका थिए

समसामयिक उच्चस्तरीय राजनैतिक भेटघाटमा ब्यस्त रहेको र भौगोलिक दुरिको हिसाबले आफू टाढा रहेको हुँदा उपस्थित हुन असक्षम रहेको जानकारी गराउदै उपाधि विजेता  खेलाडीहरुलाई नेकपाका केन्द्रिय सदस्य  आदरणीय नेता माधव सापकोटा  ( सुबोध ) ले  बधाई तथा नयाँ वर्ष २०७६ को शुभकामना संदेश पठाउनुभएको थियो।

जुगल कप भलिबल प्रतियोगितामा खेलाडीहरुलाई हौसला सहित प्रोत्साहन दिदै  वनभोज कार्यक्रम लाई थप सहजीकरण गर्नुहुने  जुगल – ४ पाङताङका  वडा अध्यक्ष श्री प्रेम तामाङ र कार्यपालिका सदस्य देवकी माया श्रेष्ठ लाई विशेष धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दछौ।

जुगल युथ हर्ट क्लब द्वारा आयोजित वनभोज कार्यक्रमलाइ सभ्य भव्यताका साथ सम्पन्न  गराउने उद्देश्यका साथ खेलाडीहरुलाइ सम्मान र  हौसला स्वरुप सहयोगी हातहरु फैलाउने  तपसिल अनुसारको  आर्थिक सहयोग गर्नुहुने तपसिल बमोजिमको  सामाजिक ब्याक्तित्व / सामाजिक अभियान्ता एवम् सिन्धु जुगलका राजनैतिक ब्याक्तित्वहरुलाइ विशेष धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दछौ।


१,  इन्द्र  श्रेष्ठ  –   रु.३९, ४०० /-  ( र्याफ्टिङ)
२,  सिंग श्रेष्ठ  –  रु.१०, ००० /-    ( नगद )
३, धर्मलाल श्रेष्ठ – रु . १०,५००/- ( नगद )
४, रेशम स्याङ्बो – रु. १०,०००/-  ( नगद )
५, नवीन थापा –   रु . ५०००  /-  ( नगद )
६, चन्द्र ब. श्रेष्ठ –  रु. ८,००० /-  ( नगद )
७, दिनेश श्रेष्ठ  –  रु . १०,०००/- ( Bolero)
८, मंगलाल श्रेष्ठ – रु , १०,०००/- ( Bolero)
               जम्मा = रु १,०२,९००/-

:- सहयोग बाट प्राप्त जम्मा रकम रु. १,०२,९००/-

नोट : हाम्रा सहयोगी दाताहरुलाइ जुगल युथ हर्ट क्लबको  साधारणसभामा विशेष सम्मान गरिने जानकारी जुगल युथ हर्ट क्लब का अध्यक्ष लकेश श्रेष्ठले पुर्ब YCL सहसचिव ले गोल्चे सञ्चार लाई बताए

                             
                                जुगल युथ हर्ट क्लब – परिवार
                                  जुगल – ४ , पाङताङ , सि.पा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here