मृगौला पिडित अशोक लामालाई नगद सहयोग रकम हस्तान्तरण

मृगौला पिडित अशोक लामालाई नगद सहयोग रकम हस्तान्तरण

0
135

मृगौला पिडित अशोक लामालाई नगद सहयोग रकम हस्तान्तरण

३ बैशाख २०७६
तराना कला केन्द्र र ह्याङ्ला दोलखा–काठमाडौं तामाङ समाजद्वारा संयुक्त आयोजनामा तथा अभियानबाट संकलित एकमुष्ट रु. ४ लाख २० हजार ६ सय ४७ रुपैयाँ सहयोग रकम एक कार्यक्रमको बिच हस्तान्तरण गरेको छ ।

दुबै मृगौला पिडित दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा न. ४ निवासी ३६ वर्षिय अशोक लामाको उपचारका लागि गएको शनिबार सुकेधारा स्थित नमो बुद्ध पार्टी प्यालेसमा हस्तान्तरण गरेको हो ।

काठमाडौं स्थित राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थलीमा हप्तामा दुई पटक डायलाइसिस गर्दै आएका पीडित लामा गत दुई वर्ष अगाडी रोजगारको क्रममा बिदेशमा रहेको बेला दुवै मिर्गौलाले काम गर्न छाडेपछि स्वादेश फर्किएका थिए । उनको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले मृगौला प्रत्यारोपण गर्न नसकेकोले उनले सबै नेपाली मनहरुलाई सहयोगको लागि अपिल गरेका छन ।

उक्त कार्यक्रमका संयोजक गायिका तथा तराना कला केन्द्रका संचालिका बसन्ती लामाले हामी मानव भएर एउटा दुख अनि कष्ट परेका मानबलाई सकेको सहयोग गर्न नसके मानव भएर जन्मिनुको कुनै औचित्य नरहेको बताए । तसर्थ केही मात्रमा भएपनी सबैले मानवताको रुपले राहत सहयोग गर्न सम्पुर्ण देश बिदेशमा रहेको दाजुभाई, दिदिबहिनीहरुले सहयोग गरिदिनुहुन आग्रह गरिन् ।

कार्यक्रमका सभाध्यक्ष एवम् ह्याङ्ला दोलखा–काठमाडौं तामाङ समाजका अध्यक्ष सरोज मोहन मोक्तानले देशबिदेशबाट सहयोग गर्नुभएका सम्पुर्ण सहयोगी मनहरु प्रती धन्यवाद दिदैं अशोक जस्तै मिर्गौला पीडितहरुको समस्यालाई सरकारले सम्बोधन गर्नुपर्ने बताए ।

दोलखा जिल्लाबाट निर्वाचित संघीय प्रतिनिधि सभा सांसद पार्बत गुरुङको प्रमुख आतिथ्यतामा नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा चर्चित गायकहरु प्रेम लोप्चन्, लाक्पा शेर्पा, विशाल काल्तान, सन्जीव वाईवा, गायिका इन्दिरा गोले तामाङ, आस्मान लोप्चन, अनिश योन्जन लगायतका थुप्रै कलाकारहरुले सांगीतिक प्रस्तुती समेत दिए ।

साथै तामाङ समुदायबाट नेपाल प्रहरीमा सेवारत प्रहरी वरिष्ठ उपरिक्षक बसन्त लामालाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री आनन्द प्रसाद पोखरेल, प्रदेश सांसद पशुपति चौलागाईं, सांसद सरस्वती बस्नेत लगायत अतिथिहरुको उपस्थिति थियो । उनिहले बोल्ने क्रममा अशोकको उपचारार्थ सरकारी निकायसम्म पहल गरिदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here