पर्यटकीय स्थल जातीपोखरीमा एसियाकै अग्लो गौतम बुद्धको मुर्ति स्थापना गर्ने

पर्यटकीय स्थल जातीपोखरीमा एसियाकै अग्लो गौतम बुद्धको मुर्ति स्थापना गर्ने

0
306

पर्यटकीय स्थल जातीपोखरीमा एसियाकै अग्लो गौतम बुद्धको मुर्ति स्थापना गर्ने

२ बैशाख २०७६, प्रीतम कुमार तामाङ
नयाँ वर्ष २०७६ लाई ब्यक्ती पिच्छे आआफ्नो तरिकाले मनाए र स्वागत गरे । कत्तिले रमाईलो गर्न घर देखि साथिहरुको साथमा टाढाको यात्रा, कतिले धार्मिक स्थलमा गई पुजापाठ, कत्तिले नयाँ योजनाका साथ अघि बढ्ने नयाँ कामको थालनी । ज जस्ले जे गरेपनी सुर्योदय युवा क्लबका युवाहरुले भने दक्षिणकालि नगरपालिका तथा ईन्द्रसरोवर गाउँपालिकाको संगम स्थलमा रहेको पर्यटकीय, धार्मिक अनि ऐतिहासिक स्थलको रुपमा परिचित जातिपोखरीलाई विश्व सामु चिनाउने उद्देश्यका साथ सोही डाँडामा एसियाकै अग्लो महा मानव गौतम बुद्धको प्रतिमा स्थापना गर्ने महत्वाकांक्षी योजनालाई अघि बढाउन क्लबकै पहल अनि आयोजनामा बृहत् साँस्कृतिक कार्यक्रम समेत सम्पन्न गराएका छन । जातिपोखरी काठमाडौं जिल्ला र मकवानपुर जिल्लाको समेत सिमाना, संगम स्थल हो । जहाँबाट काठमाडौं र मकवानपुर लगायतका अन्य स्थानहरुलाई सजिलै अवलोकन गर्न सकिन्छ । 

कार्यक्रममा नयाँ वर्ष २०७६ साललाई स्वागत गर्ने उद्देश्यले ख्यती प्राप्त कलाकारहरुको साथमा बृहत् साँस्कृतिक कार्यक्रम समेत राखेको थियो । लोकप्रिय गायक अशोक तामाङ, सरोज लामिछाने, रन्जित लामा, रबिन्द्र लामा तथा गायिका चिजा तामाङ लगायतको सांगीतिक धमाकाले सबैलाई मनोरञ्जन समेत दिलाए ।

क्लबका अध्यक्ष दिपक लामाको सभापतित्व, दक्षिणकाली नगरपालिका मेयर मोहन बस्नेतको प्रमुख आतिथ्यता तथा ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाको बिशिष्ठ आतिथ्यतामा र अन्य वडा अध्यक्ष, स्थानिय समाजसेवीहरुको समेत उपस्थितिमा कार्यक्रम सप्पन्न भएको हो । उपस्थित अतिथिहरुले जातिपोखरिको बारेमा यसो भनेँ, भिडियो रिपोर्टिङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here