निशा घलान अभिनित धन बहादुर बोम्जनको मौलिक गित “खिजिमि हाट ला बजाररी” भिडियो

निशा घलान अभिनित धन बहादुर बोम्जनको मौलिक गित "खिजिमि हाट ला बजाररी" भिडियो

0
1117

निशा घलान अभिनित धन बहादुर बोम्जनको मौलिक गित “खिजिमि हाट ला बजाररी” भिडियो

२७ चैत २०७५,काठमाडौं
तामाङ समाज मौलिक गितहरुले भरिपुर्ण रहेको छ । समाजमा हुने बिबाह, छेवार, मेलाजात्रा, हाट आदिमा फरक फरक गितहरु फापारे जुहारी, सैलुङ्गे जुहारी, खान्दोके सेलो आदि ईत्यादी आफ्ना आस्याङ आङिको छोरा छोरी बिच जिस्किँदै, ठट्टा गर्दै ठाउँ अनुसार गाएर मनोरञ्जन गर्ने गर्दछन् । यसै सिलसिलामा धन बहादुर बोम्जनको स्वरमा सजिएको “खिजिमी हाट ला बजाररी” बोलको गितको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । गितमा हाट बजारमा भेटघाट भएपछी एकाअर्का संग मौलिक भाकामा दोहोरी गित मार्फत आफ्ना मनका कुराहरु पोखाएका छन्  ।

यस गितमा स्वर दिनुभएका धन बहादुर बोम्जन लोकप्रिय गायक एवं गितकार जीवन बोम्जनका पुजनिय पिता हुनुहुन्छ । उहाँलाई गायिका शशिकला मोक्तानले साथ दिएकी छिन । यस गितको शब्द संगित समेत जीवन बोम्जनकै रहेको छ भने एरेन्ज जोगलाल लामाले गरेका हुन । भिडियो तर्फ निर्देशन जीवन बोम्जन, छायांकन रामेश्वर जिरेल, अभिनयमा नायिका तथा मोडल निशा घलान र गायक स्वयम् लाई देख्न सकिन्छ । भिडियो ओखलढुंगाको खिजी हाटमै खिचिएका छन् । भोडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here