TIFF ब्यक्तिगत संघ संस्थाको फाईदाको लागि गर्न लागेको हो – बिकु थोकर

TIFF ब्यक्तिगत संघ संस्थाको फाईदाको लागि गर्न लागेको हो - बिकु थोकर

0
277

TIFF ब्यक्तिगत संघ संस्थाको फाईदाको लागि गर्न लागेको हो – बिकु थोकर

२५ चैत २०७५, प्रीतम गोले तामाङ
तामाङ भोईस, सेलो फाउन्डेसनको संयुक्त आयोजना र आईसिआरसीको नलेज पार्टनरमा २०७६ बैशाख २६ र २७ मा हुने भनिएको “अन्तर्राष्ट्रिय तामाङ चलचित्र महोत्सव”(TIFF)को बारेमा गएको शनिबार नेपाल तामाङ घेदुङको केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको कार्यक्रमको तामाङ चलचित्रकर्मिहरुको आधिकारिक संस्था तामाङ चलचित्र संघले घोर आपत्ति जनाउँदै हिजो तामाङ भवनमा रहेको आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरे ।

सम्मेलनमा संघका महासचिव जयन कुमार मोक्तानले प्रेस बिग्यप्ती पढेर सुनाए भने अध्यक्ष बिकु थोकरले पत्रकारहरुको सवाल जवाफ दिए । यसरी सवाल जवाफ दिने क्रममा किन आपत्ती जनाउनु भएको हो ? भन्ने प्रश्नमा अध्यक्ष थोकरले तामाङ कलाकारहरु, चलचित्रकर्मिहरुको हकहितको लागि वर्षौं देखि लढ्दै आएको आधिकारिक संघ तामाङ कलाकार संघलाई बिना जानकारी, समावेश नगरी तामाङ चलचित्रकै नाममा यसरी अन्तर्राष्ट्रिय महोत्सव हुनु भनेको सम्पुर्ण तामाङ चलचित्रकर्मिहरुको दुर्भाग्य भएको, कुनै पनि कुराबाट फाईदा नरहेको, यो महोत्सव सिर्फ ब्यक्तिगत संस्था र सिमित ब्यक्तिहरुको फाईदाको लागि हुन लागेको र तामाङ चलचित्र संघ अनि आवद्ध कलाकारहरुको नाम बेचेर गर्न लागिएको अवैधानिक महोत्सवको रुपमा लिएको बताए । साथै धेरै वर्ष पछि काभ्रेको भकुण्डेबेशिमा यहि चैत २९, ३० र बैशाख १ मा हुने तामाङ चलचित्र महोत्सवलाई बिथोल्ने योजना र सम्पुर्ण कलाकारहरुको मनोबल गिराउने योजनाको संज्ञाको रुपमा लिएको बताए ।

त्यस्तै अबको कदम के हुन्छ भन्ने प्रश्नमा उहाँले यदि यहि शिर्षकमा महोत्सव भएमा कडा प्रतिकारमा उत्रने बताए, साथै कस्तो प्रतिकार भन्ने सवालमा तामाङ चलचित्र संघ बिधिवत रुपमा नेपाल चलचित्र संघ, आदिवासी चलचित्र संघ अनि संचार मन्त्रालयमा समेत कानुनी रुपमा दर्ता भएको संस्था जो सम्पुर्ण तामाङ चलचित्रकर्मिहरुको लागि खुलेको पुरानो संस्था भएकोले कानुनी रुपमा नै प्रतिकार गर्ने बताए । साथै तामाङहरुको आधिकारिक संघ नेपाल तामाङ घेदुङ जस्तो संस्था सह आयोजक हुनुमा समेत अध्यक्ष थोकरले आपत्ति प्रकट गरे । साथै यदि अर्कै शिर्षकमा कार्यक्रम गर्छ भने तामाङ चलचित्र संघको कुनै आपत्ति नरहने समेत स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here