१७ वर्ष पूरा भयो तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले

१७ वर्ष पूरा भयो तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले

0
61

१७ वर्ष पूरा भयो तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले

२४ चैत्र २०७५, प्रीतम

तामाङ साेसाइटि अफ नर्थ अमेरिकाले भर्खरै महत्वाकांक्षी आधा करोड बराबरको आकस्मिक कोष खडा गर्न सफल भएको खुशियाली संगै संघको १७ औं वार्षिकोत्सव समेत भब्यतका साथ सम्पन्न गरेकाे छ । गएको शनिबार न्युयाेर्क सिटिमा  साेसाइटिका संस्थापकहरू, साथै सदस्यहरु तथा विभिन्न संघ संस्थाहरूकाे प्रतिनिधिहरुको उपस्थितिमा उत्सव मनाए । 

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थाई प्रतिनिधि महामहिम अमृत राईको उपस्थितिले अझ बिशेष भएको थियो । साथै सोसाइटीका संस्थापक अध्यक्ष सुबास लामा स्याङ्बो, वर्तमान अध्यक्ष लक्यान लामा, मान राना मगर, गोमा योन्जन गुरुङ, फुर्वा घिसिङ, राम तामाङ, केशबराम राई, लोक चेम्जोङ, आनन्द बिष्ट, पवन योन्जन लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रेम स्याङ्तानले सन्चालन गरेको कार्यक्रममा दिपेन्द्र लामाले उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए भने पुर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार फुर्वा घिसिङले यो संस्था बिल्कुल तामाङ समाजकै लागि स्थापना गरेको र यसैको निम्ति काम गर्दै आएकोले राजनिती घुसाए संस्थाले आफ्नो योजनामा अघि बढ्न नसक्ने धारणा राख्नु भएको थियो ।

आकस्मिक कोष समचार

तामाङ समाज उत्तर अमेरिकाको महत्वाकांक्षी आधा करोडको आपतकालीन कोष जम्मा गर्न सफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here