डम्फु साँझ २०७५ मा “वान्समोर – वान्समोर”

डम्फु साँझ २०७५ मा "वान्समोर - वान्समोर"

0
276

डम्फु साँझ २०७५ मा “वान्समोर – वान्समोर”

२४ चैत २०७५, प्रीतम तामाङ
जुजुबा लाउन्ज एण्ड बार दरबारमार्गले आयोजना गरेको ऐतिहासिक डम्फु साँझ २०७५ भब्य रुपमा सप्पन्न भएको छ । डम्फुलाई संरक्षण सम्बर्द्धन गर्ने मुल उद्देश्य राखेको कार्यक्रममा डम्फु गित मार्फत गायक विश्व दोङको गायनमा ताम्बाहरुको डम्फुको तालमा सुरुवात गर्दै उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए । त्यस पश्चात् तामाङहरुको राष्ट्रिय गित “स्यार रि केसै ह्याङ तामाङ”, सेम रि छोरङान चलचित्रको “ङाला डम्फु” जस्ता डम्फु सम्बन्धि गितहरुलाई प्राथमिकतामा प्रस्तुत गरेको थियो ।

उल्लेख्य तामाङ सेलो अनि संगितलाई माया गर्ने दर्शकहरुको उपस्थितिमा गायक विश्व दोङको प्रस्तुतिलाई मनोरञ्जन लिंदै हरेक प्रस्तुतिमा वान्समोर हुटिङले कार्यक्रम अझ भब्य भयो । गायक विश्व दोङले करिब दर्जन बढी गितहरु प्रस्तुत गरे । कार्यक्रममा गायिका जितु लोप्चन, गायक प्रकाश तामाङ, प्रयास दोङको पनि प्रस्तुती प्रस्तुत गरेका थिए ।

साँच्चैमा यसरी डम्फु साँझ गर्दै गर्दा धेरै सेलो प्रेमी दर्शक श्रोताको लागि भने राम्रो अवसर जुटेको देखियो । कतिपय अन्य रेगुलर ग्रहाकहरु भने लाईभ म्युजिक सुनिरहने लाउन्जमा यस्तो खाले डम्फुको तालमा प्रस्तुती हेर्न पाउँदा बिलकुलै नयाँ अनुभव अनि मनोरञ्जन मिलेको बताए । उनिहरुको अनुसार यस्ता कार्यक्रमहरु बेलाबेला भएमा पकै पनि यो क्षेत्रमा लागेको कलाकार अनि संस्कृतिको समेत संरक्षण हुने धारणा ब्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here