जुगल गा.पा. गोल्चेमा प्रथम जुगल कप पुरुष भलिबल प्रतियोगिता यहीँ चैत २७ मा | गोल्चेसञ्चार डट कम

जुगल गा.पा. गोल्चेमा प्रथम जुगल कप पुरुष भलिबल प्रतियोगिता यहीँ चैत २७ मा | गोल्चेसञ्चार डट कम

0
753

२०, चैत / सिन्धुपाल्चोक, जिल्लामा रहेका ९ वटा गाउँ पालिका र ३ वटा नगरपालिका मध्ये का एक हुन् “जुगल गाउँ पालिका ” ७०% प्रतिशत तामाङहरुको बसोबास रहेका उक्त गाउँ पालिका विकासको क्रममा अझै पनि पिछडिएका छन । जसलाई दुर्गम गाउँ पालिका भन्न त नमिल्ला जुन नेपालको राजधानी काठमाडौं बाट ८५ कि.मि. को दुरिमा रहेको छ । सोही गाउँ पालिकालाइ विकासको पथ तर्फ लैजान हाल सम्पुर्ण जुगल टिम लागिपरेको देखिन्छ । सिन्धुपाल्चोक जिल्लामा रहेका स्थानीय तहका प्रमुखहरु आफ्नो पालिकालाइ अग्र पङ्तिमा लैजानका निमित्त प्रतिस्पर्धा चलिरहेको बेला जहाँ पर्यटन विकास को लागि भर्खरै जुगल हिमाल को आरोहण गरि रहेका छन् । साथै खेलकुदको माध्यम बाट पनि जुगल गाउँ पालिकालाइ चिर परिचीत गर्नका लागि यहि मिति २०७५ चैत २७ गते देखि प्रथम जुगल कप पुरुष भलिबल प्रतियोगिता २०७५ जुगल -२ गोल्चे मा रहेको श्री भिमसेन मा. वि. को प्रङ्गणमा सम्पन्न हुन गइरहेको कुरा जानकारी मा आएको छ ।

जसमा विशेष सहयोग जुगल गाउँ पालिकाको कार्यालय रहेको छ ,भने सहयोगमा पालिका भित्र रहेका एक नम्बर वडा देखि सात नम्बर वडा र सम्पुर्ण जुगलको जिम्मेवार ब्यक्तीहरु रहेका छन् । उक्त प्रतियोगितामा गोल्चे भुमे युवा परिवारले आयोजकको भुमिका निर्वाह गर्ने कुरा सोही युवा परिवारले बताए का छन । प्रतियोगिता मिति २०७५ चैत २७ गते बिहान एघार बजे राष्ट्रिय गाउँपालिका महासङ्गका अध्यक्ष , राष्ट्रिय योजना आयोग सदस्य एवम् जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठ ज्यु को प्रमुख अतिथि र जुगल गाउँ पालिकाको उपप्रमुख सृजना तामाङ को विशेष आतिथ्यमा उदघाटन कार्यक्रम सम्पन्न गर्ने भएको छ । भने कार्यक्रम को समापन २०७५ चैत २९ गते बिहान ११ बजे प्रदेश सांसद माननीय सरेश नेपाल ज्यु को प्रमुख अतिथि र पुर्व माननीय सांसद दावा तामाङ को विशेष आतिथ्य मा सम्पन्न हुने भनी आयोजक टिम ले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here