तामाङ समाज उत्तर अमेरिकाको महत्वाकांक्षी  आधा करोडको आपतकालीन कोष सफलतापुर्वक जम्मा

तामाङ समाज उत्तर अमेरिकाको महत्वाकांक्षी  आधा करोडको आपतकालीन कोष सफलतापुर्वक जम्मा

0
64

तामाङ समाज उत्तर अमेरिकाको महत्वाकांक्षी  आधा करोडको आपतकालीन कोष सफलतापुर्वक जम्मा

१६ चैत २०७५

  || “५० हजार डलरको कोष नै हाम्रो आत्मा विश्वास हो” ||                   

                 -तामाङ समाज उत्तर अमेरिका

“आत्मा विश्वास सहित आफुलाई क्रियाशील गराउन सके असम्भव भन्ने केही हुदैन” भन्ने मुल मन्त्र सहित आफुलाई जातिय मुद्दा र जनजातीको मुद्दामा क्रियाशील गराउदै सिमित समयमा नै हाल ५० हजार डलरको आपत विपत कोष-२०१८ बनाउन सफल भएका छन तामाङ सोसाईटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामा । २००२ सालमा न्युयोर्क राज्यमा तामाङ सोसाईटी अफ अमेरिकाको नाम बाट जन्म भएको यो संस्थाले विगत देखि हाल सम्म धेरै मानविय एवं उद्दारका कार्यहरु गर्दै आएको ईतिहास छ । प्रवासमा बसेर संस्थालाई दिगो राख्नु नै ठुलो उपलब्धि मान्ने हाम्रो समाजमा यो संस्था हरेक समयमा क्रियाशील छ । जनजाति महासंघ फिप्नाको सशक्त संस्थाको रुपमा रहेको यो संस्था महासंघको हरेक कार्यक्रमको एउटा हिस्सा बनेर सहयोग गरि रहेको हुन्छ । आफ्नो लामो ईतिहास बोकेको यो संस्था २०१८ को जनवारी १३/१४ को सम्मेलन मार्फत उत्तर अमेरिका भरिकै केन्द्रीय संस्थामा रूपान्तरण हुदै  हाल तामाङ सोसाईटी अफ नर्थ अमेरिकाको नामबाट क्रियाशिल रहेको छ र त्यही सम्मेलन देखि लक्यान लामाले नेतृत्व सम्हालेका छन् । यस संस्थामा सचिव, महासचिवको कुशल ज़िम्मेवारी सम्हाल्दै नेतृत्व सम्म पुगेका लामाले साच्ची नै नेतृत्वको कुशलता पस्कन सफल बनेका छन् । संस्थाले परिकल्पना गरेको छोटो समयमा नै आफ्नो सदस्यहरुलाई आपत-विपतबाट मुक्त राख्नु संस्थाको दायित्व बोधको मापन “TSNA Emergency Fund 2018” मार्फत सार्थक पारेका छन् ।                                                   

यो फण्डको “संचालन तथा सिफारिस समिती” नर्थ अमेरिकी राज्यहरुबाट मनोनित सदस्यबाट बन्ने हुनाले  समितीले ठुलो भन्दा ठुलो आपत-विपतको समस्या तत्काल समधान गर्न सफल हुने र यो समिती उत्तर अमेरिकी राज्यमा हेल्प डेक्सको रुपमा रहने परिकल्पना गरिएको छ ।                     

मानविय सहयोग केवल जाती भित्रको सदस्यहरुको मात्र दायित्व र जिम्मेवारी हैन यो त एक मानवबाट अर्को मानवमा गर्ने पवित्र सहयोग हो भन्ने भावनाबाट फण्डको संस्थापक जो कोही उदार भावनाका धनि सबैलाई खुल्ला बनाईएको छ त्यति मात्र हैन संस्था-संस्था बीचको आत्मीय र मानविय सम्बन्ध विस्तारका लागि अन्य संस्थालाई पनि संस्थापक बनाउदै हाते मालोको पहिलो उदाहरणको रुपमा यो फण्ड ल्याएको छ । यसै भावनाबाट प्रेरित भएर होला हाल सम्म १८ जना अन्य समुदायको व्यक्तिहरु र २ वटा संस्थाहरु समेत संस्थापक बनि सकेको छन् ।                                                            

यो फण्ड “संचालन तथा सिफारिस समिती” (हेल्प डेक्स) को सिफारिस विना कार्यसमितिले आफुखुसी खर्च गर्न नपाउने कार्यविधि भएको कारण सुरक्षित र भरपर्दो बन्ने तथा हेल्प डेक्स मार्फत सबै अपडेट हुने हुदा भोली आउने कार्यसमितिले समेत कुनै घोटाला गर्न नसकिने सुरक्षित व्यवस्था छ । साथै यो फण्डको संस्थापकहरु विभिन्न समुदायको समेत भएको हुदा नैतिक मात्र नभएर कानुनी रुपमा समेत सुरक्षित बन्नेछ । त्यति मात्र नभएर यो फण्डको मुख्य परिकल्पनाकार अध्यक्ष लाक्यान लामा प्रमुख संरक्षक र वर्तमान कार्यसमिति र सल्हाकारहरु फण्डको संरक्षक हुने हुदा हरेक कोणबाट सुरक्षित बनाएका छन्।

उत्तर अमेरिकी राज्यहरुमा नेपाली समुदायका लागि बनेका यो फण्ड नै आज सम्मको ठुलो राशीको सुरक्षित फण्ड बनेको र आफु र कार्यसमिति यो कार्य प्रति हर्षित रहेको अध्यक्ष लामा बताउनु हुन्छ । योजना भनेको संभावनालाई हेरेर, अध्यायन गरेर बनाउने हुदा यो फण्डको परिकल्पना संभावना भित्रको सार्थक र आत्मा विश्वास हो र भोलीका दिनमा अझ समाज र समुदायका लागि दिगो र सुरक्षित योजनामा आफु र कार्यसमिति समर्पित हुने अध्यक्ष लामा बताउनु हुन्छ ।

यसरी संस्थालाई गतिशील बनाउन अध्यक्ष लामाले भर्खरै बैठक राखि जिम्मेवार समेत बॉडफाड गरेका छन् । यहि मार्च २४,२०१९ आईतवार समाजका अध्यक्ष श्री लक्यान लामाको अध्यक्षातामा कन्फरेन्स् कल मार्फत वेलुकी ८ बजे देखि बसेको कार्यसमितीको पुर्ण बैठकले केही महत्वपूर्ण निर्णयहरु समेत गरेका छन ।

निर्णय नं १) मार्च २८ मा संस्थाको बार्षिक उत्सव परेको हुदा यस वर्ष पनि विगतको वर्ष झै संस्था स्थापना भएको १७ औ वर्षलाई १७ औ वार्षिक उत्सवको रुपमा न्युयोर्क राज्यमा मनाउने निर्णय गरियो र उक्त दिवसको लागि न्युयोर्क राज्यको संस्था तामाङ सोसाईटी अफ न्युयोर्क संग आवश्यक छलफल गरि सम्पुर्ण तयारीका लागि उपाध्यक्ष श्री मोहन वाईबा ज्यु लाई संयोजक बनाउने सर्ब सम्मत निर्णय गरियो ।

निर्णय नं २)  संस्थाले परिकल्पना गरि ५० हजार डलर संकलन गर्ने उदेश्य सहित बनाएको र कार्यरुप अगाडी बढाएको फण्ड सोचे भन्दा छिटै र सबैको उत्साहा जनक सहभागिता भै ५० हजार डलर संकलन भै सकेको विवरण अध्यक्ष ज्यु ले जानकारी गराउनु भयो र साथै सबै कार्यसमिति सदस्यहरु, सल्हाकार ज्युहरु र यस फण्डको संस्थापक ज्यु हरुलाई अध्यक्ष ज्यु ले विशेष धन्यवाद समेत प्रकट गर्नु भयो यसरी अध्यक्ष ज्यु ले दिनु भएको कोषको सम्पुर्ण विवरण र सह कोषाध्यक्ष ज्यु ले पेस गर्नु भएको आर्थिक विवरणलाई आजको बैठकले सर्वसम्मत रुपमा पारित गर्दै कोष बनाउन सफल भएकोमा कोष संकलनमा सहयोग पुर्याउनु हुने सम्पुर्ण लाई यस बैठकले धन्यवाद प्रकट गरियो । साथै कोषको रकम अझै पनि यहि क्रममा संकलन जारी राख्ने र ५० हजार डलर भन्दा बढि संकलित रकम शिक्षाका लागि खर्च गर्ने गरि शिक्षा कोष निर्देशिका बनाएर शिक्षा कोषमा जम्मा गर्ने निर्णय समेत गरियो ।                                                

निर्णय नं ३) कुनै पनि कोष मासिने, हराएर जाने, कोषको रकम दुरुपयोग गर्न सकिने संभावनाहरु अनगिन्ति हुने हुदा कोषलाई जीवन्त राख्न अनि अति आवश्यक व्यक्तिले मात्र कोषबाट राहत पाउनका लागि संस्था र कोषलाई कड़ा निर्देशिका अति आवश्यक हुन्छ यसर्थ निर्देशिका तयार पार्नका लागि अध्यक्ष ज्यु कै अध्यक्षतामा उपाध्यक्ष मोहन वाईवा, महासचिव डोल्मा लामा, मिडिया कोअर्डिन्टर निमा पाख्रिन, सदस्य सुर्य मोक्तान र आवश्यकतानुसार सल्हाकार हरुलाई समेत समाहित गरि निर्देशिका तयार पार्ने जिम्मेवारी  आजको बैठकले दिईयो । तयार भए पछि उक्त निर्देशिकालाई कार्यसमितिले अनुमोदन गरि वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरियो। साधारण सभाबाट पारित गरे पछि मात्र कोषको रकम संचालन हुने निर्णय समेत गरियो ।

निर्णय नं ४) संस्थाको वार्षिक साधारण सभा लेवर डे (Labor Day) विदाको समय अगस्ट  ३१ मा उद्घाटन  र सेप्टेम्बर १ मा समापन गर्ने गरि दुई दिने कार्यक्रम सहित पर्यटकिय शहर सान फ्रानसिस्कोमा गर्ने निर्णय सर्वसम्मत पारित गरियो । साथै सम्पुर्ण व्यवस्थापनका लागि संस्थाको वरीष्ठ उपाध्यक्ष श्री सेर लामा ज्यु लाई संयोजक बनाउने निर्णय समेत आजकै बैठकले पारित गर्दै संयोजकले तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्नियासंग छलफल गरि आवश्यक भए बमोजिमको व्यवस्थापन गर्नु गराउन सकिने गरि जिम्मेवारी प्रदान गरियो साथै साधारण सभाको व्यवस्थापनमा तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्निया संस्था रहने निर्णय गरियो ।

तामाङ सोसाइटी अफ नोर्थ अमेरिकाका वर्तमान अध्यक्ष लाक्यान लामा संग अन्तरास्ट्रिय तामाङ परिषद्को चौथो सम्मेलनमा लिईएको विशेष अन्तर्वार्ता :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here