हामीबिच तगारो आफ्नै जात बनेर आउँछ | रुप जिम्बा सिन्धुपाल्चोक

हामीबिच तगारो आफ्नै जात बनेर आउँछ | रुप जिम्बा सिन्धुपाल्चोक

0
565

फागुन,३० सिन्धुपाल्चोक|golche sanchar
मनका रहर, खुशीहरु उत्पात बनेर आउँछ
फेरि संगै पीडा र ब्यथा खात बनेर आउँछ

उस्को मेरो मन मिल्यो र अनि माया बस्यो
हामीबिच तगारो आफ्नै जात बनेर आउँछ

धर्ती छाडी बादल उड्छ आकाश माथी माथी
त्यै धर्तिलाइ सिंच्न बादल बर्षात बनेर आउँछ

नाता कस्ने बलियो कडि बिश्वास हो भन्थें !!
त्यै बिश्वास नै खै कसोगरि घात बनेर आउँछ

आफ्नै दिन आफ्नै संसार आफ्नै लाग्थ्यो खुशी
त्यै खुशी त्यै संसार त्यै दिन रात बनेर आउँछ !!

रुप जिम्बा
सिन्धुपाल्चोक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here