के नेपालमा अब जर्मनी र पश्चिम बंगालमा जस्तै कम्युनिष्ट अवसान हुन लागेको हो ? बाबुराम भट्टराई

के नेपालमा अब जर्मनी र पश्चिम बंगालमा जस्तै कम्युनिष्ट अवसान हुन लागेको हो ? बाबुराम भट्टराई

0
110

के नेपालमा अब जर्मनी र पश्चिम बंगालमा जस्तै कम्युनिष्ट अवसान हुन लागेको हो ? बाबुराम भट्टराई

२९ फागुन २०७५, काठमाडौं
फ्री मधेसको नारा सहित संघर्ष गरिरहेका सिके राउतलाई ११ बुदे सहमती गर्दै नेपाल सरकारले रिहा गरे पश्चात् सरकारले केही बुँदाहरु गलत तरिकाले सहमति गरेको भनी सत्तारूढ अनि प्रतिपक्षी सबैबाट आलोचित भैरहेका छन् । राजनीतिक असन्तुष्टहरुलाई वार्ताको माध्यमबाट हल गर्नुपर्छ भन्ने पनि एउटा सकारात्मक पक्ष हो तथापी सिके राउतको रिहाई पश्चात् उनलाई स्वागत गर्नको लागि गृहजिल्लामा फ्री मधेस को झण्डा अनि माक्स लगाएका कार्याकर्ताको उल्लेख्य उपस्थितिले तरंगित तुल्यएको छ नेपाली समाजलाई । आखिर किन सिके राउतले सहमती तोडे ? भन्ने प्रश्न सरकार तिर सोझिरहेको छ ।

त्यस्तै गरि वर्तमान संविधानको व्यापक बिरोध गर्दै आएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव) नेत्र बहादुर चन्दको समुहलाई बिस्फोट गराएको भनि नेपाल सरकारले उनिहरुको कार्याकर्ता पक्राउ गरिरहेका छन् । त्यस्तै नेपाल सरकारले यसरी युद्ध चहाने, अस्थिरता चहाने तत्वहरु संग वार्ता नगर्ने समेत भनिरहेको छ । यसै सिलसिलामा भने पुर्व माओवादीका प्रमुख नेताको रुपमा परिचित हाल नयाँशक्ती पार्टिका संयोजक बाबुराम भट्टराईले आफ्नो फेसबुक वालमा यस्तो अभिव्यक्ति पोष्ट गरेका छन् जसले हरेक कम्युनिष्टहरुको मन तरंगित तुल्याएको छ :

|| मार्क्सले हेगेललाई उद्धृत गर्दै भनेका थिए : ‘इतिहास दुइ चोटि दोहोरिन्छ-पहिलो चोटि वियोगान्त (Tragedy)  रूपमा र दोश्रो चोटि मजाक (Farce) रूपमा !’ ||

नेकपा डबल सरकारले नेकपा बिप्लव समूहलाई ‘अपराधिक’ भन्दै औपचारिक रूपले प्रतिबन्धित गरेको छ र उसका विरूद्ध राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने घोषणा गरेको छ ! एउटा कम्युनिष्ट भन्ने पार्टीको सरकारले अर्को कम्युनिष्ट नै  दावी गर्ने समूहलाई यसरी दमन गर्ने तयारी देख्दा विश्व इतिहासका यस्तै केही चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराउँछ !

आज भन्दा ठीक एक सय बर्ष पहिले सन् १९१९ मा जर्मनीको त्यति वेला Social Democratic Party of Germany (SPD) भनिने सुधारवादी कम्युनिष्ट पार्टीको सरकारले Communist Party of Germany (KPD) भनिने क्रान्तिकारी कम्युनिष्ट पार्टीमाथि दमन गरेर उनीहरूका नेताहरू रोजा लक्जेम्बर्ग, कार्ल लाइभ्नेख्त लगायतको नृसंस हत्या गरेको थियो! त्यसरीनै भारतको पश्चिम बंगालमा सन् १९६७-०७२ मा त्यहाँको सुधारवादी कम्युनिष्ट पार्टी CPM को सरकारले क्रान्तिकारी कम्युनिष्ट पार्टी CPI-MLमाथि भीषण दमन गरेर चारू मजुमदार लगायतका नेताहरूको हत्या गरेको थियो !

आखिर त्यसको परिणाम के भयो ? अन्तत: दुवै धारको भिन्न भिन्न प्रकारले अवसान भयो !

के नेपालमा पनि त्यही इतिहास दोहोरिन लागेको हो ?
    ( फोटो: गूगल्स )

नेता बाबुराम भट्टराईको वालबाट : साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here