जुगल गा.पा. वडा नं – ५ ले नियम अनुसार गर्भवती जाँच गरे बापत प्रोत्साहन स्वरुप घ्यु र अण्डा

जुगल गा.पा. वडा नं - ५ ले नियम अनुसार गर्भवती जाँच गरे बापत प्रोत्साहन स्वरुप घ्यु र अण्डा

0
321

जुगल गा.पा. वडा नं – ५ ले नियम अनुसार गर्भवती जाँच गरे बापत प्रोत्साहन स्वरुप घ्यु र अण्डा

२८ फागुन २०७५, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर ५ काे कार्यालयले यस आर्थिक बर्ष २०७५/७६ काे बजेटबाट स्वास्थ्य संस्थामा ४ पटक नियम अनुसार गर्भवती जाँच गराएका महिला आमा दिदीबहिनी हरुलाई प्रोत्साहन स्वरुप जुगल गा.पा. वडा नं ५ का वडा अध्यक्ष सनत कुमार अधिकारीले १ माना घ्यु र १ किरेट अण्डा वितरण गरिएको छ । यस्तो सेवा जुगल गाउँपालिकामै पहिलो पल्ट गरिएको हो । यस्तो सेवा लिनेमा ५ नं वडाका करिब ४२ जना आमाहरु परेका छन् ।

|| भविष्यमा यो भन्दा अझ राम्रो योजना र कार्यक्रम ल्याउने कोसिस गर्नेछु – वडा अध्यक्ष (सनत कुमार अधिकारी) ||

यसरी आफ्नै वडा भित्रको स्वास्थ्य संस्थामा नियम अनुसारको स्वास्थ्य चेकजाँच गर्दा गर्भवती आमा र बच्चा दुवैको लागि एकदमै राम्रो हुने साथै यस्तो खाले प्रोत्साहनले गर्दा हरेक गर्भवती आमाहरुले नियमित गर्नु पर्ने चेकजाँच गर्न नछुटाई वर्षेनि हुने मातृशिशु मृत्युदरमा कमि आउने, आमा र बच्चाको स्वास्थ्य स्थिती राम्रो हुने जस्ता फाईदा रहेकोले भविष्यमा पनि यो भन्दा अझ राम्रो राम्रो योजना अनि कार्यक्रम ल्याउने बताउँछन् । साथै आफू निर्वाचित हुन साथ स्वयंसेविकालाई गाउँघरमा स्वस्थ्य सम्बन्धि जनचेतना मुलक कार्यक्रम काे लागि वडा कार्यलय बाट माशिक रु १५००/- रकम समेत छुट्याउने निर्णय गरेको बताउँछन् वडा अध्यक्ष सनत कुमार अधिकारी ।

यो सेवा लिने सेवाग्राहीहरुमा आर्थिक बर्ष २०७५/७६ को श्रावण देखि फागुन सम्मको परेको पनि बताउनुभयो । सेवा पाएका आमाहरुले वडाले गरेको यस्तो प्रोत्साहनको खुलेर प्रशंसा गरे । उनिहरुले यसरी आफुहरुलाई गरेको प्रोत्साहन देखेर अन्य गर्भवती आमाहरुले पनि आफ्नो स्वस्थ्य चेकजाँच गर्न नियमीत आउने पक्का रहेको बताउँछन् । साथै यो कार्यक्रमले गर्दा अन्य छिमेकी वडाहरुमा पनि सकारात्मक प्रभाव पर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here