कालिन्चोकको हिउँमा ‘के सारो जाडो’ को भिडियाे खिच्दा गाह्रो अनि रमाईलो – खेम मोक्तान

कालिन्चोकको हिउँमा ‘के सारो जाडो’ को भिडियाे खिच्दा गाह्रो अनि रमाईलो - खेम मोक्तान

0
290

कालिन्चोकको हिउँमा ‘के सारो जाडो’ को भिडियाे खिच्दा गाह्रो अनि रमाईलो – खेम मोक्तान

२८ फाल्गुन २०७५ , काठमाडाैं
“के सारो जाडो” बोलको गित सार्वजनिक पश्चात् बहुप्रतिभाशाली ब्यक्तिको रुपमा परिचित भएका छन खेम मोक्तान । यो भन्दा अघि उनले म्युजिक भिडियोहरुमा मोडलिङ तथा निर्देशकको रुपमा देखा पर्दै आईरहेको थियो । जब उनले गित समेत गाए सबै चकित भैरहेकाछन् कि खेम मोक्तानले गित पनि गाउँछ र ? हो सेलो जगतको लोकप्रिय मोडलको रुपमा परिचित खेम यति बेला पहिलो कोसेली स्वरुप यो गितलाई श्रोता अनि दर्शक माझ लिएर आएका हुन् । 

शब्द सन्जित मोक्तानको रहेको छ भने संगित सन्जिव वाईबाले गरेको हो । त्यस्तै भिडियो तर्फ निर्देशन, मोडलिङ समेत खेम आफैले गरेका छन् । उनलाई नायिका तथा मोडल सुस्मा मोक्तानले साथ दिएकी छिन् । भिडियो छायांकन रोशन फ्युबाले गरेको हो भने ड्रोनमा याङ्सिङ लामाले गरेका हुन ।

भिडियो खिच्ने क्रममा दोलखा जिल्लाको खरिढुङ्गगा, बोच  मकैबारी, कालिन्चोकको कुरी लगायतका अत्यन्तै रमणिय ठाउँहरुमा छायांकन गरेका छन । हिउँ पर्ने बेलामा छायांकन गरेकाले गाह्रो अनि रमाइलो समेत भएको बताउँछन् मोक्तान ।  गीत संगीत क्षेत्रमा गायन, मोडल र नृत्य निर्देशनको विधामा अघि बढिरहने समेत जानकारी गराए ।

भिडियाे हेर्न नछुटाउनु होला : 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here