अमिर र निरन्जलीको अभिनयमा रहेको बैशालु जोबनले चर्चा कमाउँदै

अमिर र निरन्जलीको अभिनयमा रहेको बैशालु जोबनले चर्चा कमाउँदै

0
499

अमिर र निरन्जलीको अभिनयमा रहेको बैशालु जोबनले चर्चा कमाउँदै

२६ फागुन २०७५, काठमाडौं
गायीका तथा मोडल मोनिका मोक्तानको तेस्रो कोशेली “बैशालु जोबन” बोलको गीतको म्युकिक भिडियो श्रोता दर्शक माझ चर्चा बटुल्ने क्रममा छ । केही हप्ता अघि मात्र डम्फु मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई यो समाचार तयार पार्ने बेला सम्ममा करिब ५५ हजार पटक हेरिसकेका छन् ।

यस गितको शब्द हस्त लामा (हार्दिक), संगित विशाल काल्तानको हो भने मोनिका मोक्तानको स्वर रहेको गितलाई एरेन्ज दिपेश प्रधानले गरेका हुन । कालिन्चोकको हिउँको चिसो ठाउँमा छायांकन गरिएको भिडियोलाई तामाङ चलचित्र जगतका चर्चित नायक तथा निर्देशक अमीर दोङले निर्देशन अनि अभिनय समेत गरेको हो भने भिडियोमा गायिका मोनिका मोक्तान र निरन्जलीलाई प्रमुख भुमिकामा देख्न सकिन्छ ।

त्यस्तै कुईसाङ रुम्बाको रमाईलो अभिनयलाई समेत देख्न सकिन्छ । प्रकाश वाइबाको छायांकन तथा सेन्सइ पेमा वाइबाको ड्रोन सूट रहेको यस म्युजिक भिडियोलाई डम्फू मिडिया हाउसले पोस्ट प्रोडक्सनको कार्य गरेको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोला :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here