बहराइन बाट चट्याङ पीडित लाई रु ४२०००/ बयालीस हजार आर्थिक सहयोग

बहराइन बाट चट्याङ पीडित लाई रु ४२०००/ बयालीस हजार आर्थिक सहयोग

0
200

बहराइन बाट चट्याङ पीडित लाई रु ४२०००/ बयालीस हजार आर्थिक सहयोग

२५, फागुन/ महोत्तरी जिल्ला को बर्दिबास नगरपालिका वडा नं ११ खयरमारा देखि केही माथी पर्ने चनौटे भन्ने गाउमा गत माग २६ गते फेब्रुअरी -9 तारिखमा दिल बा.डिम डिम तामाङ र बुद्धिमान जिम्बा तामाङ को घरमा चट्याङ पर्दा घरमा भएको अन्नपात देखि लिएर सम्पूर्ण सर सामन पुरै जलेर नस्ट भएको छ ।

पीडित परिवारलाई हामी बहराइन को किङ्डोम रेडिमिक्स कम्पनीमा कार्यरत सहयोगी मनको धनी नेपालीहरुले वहाँहरुलाई परेको प्राकृतिक बिपत्ति लाई सहयोग गर्ने उदेश्यले अनिल तामाङ को नेतृत्व मा ने.रु.३००००/तीस हजार र सिन्धुली घर भै बहराइन मा कर्यरत अबिना बल तामाङ को नेतृत्व ने.रु.१२०००/ बारा हजार गरि जम्मा ४२०००/बयालीस हजार आर्थिक रकम उठाएकोमा दुई जना पीडित हरुलाइ २१ हजार को दर ले बाडेर आर्थिक सहयोग गरेका छौ ।

कोहि सहयोगी मन भएका ब्यक्तिहरुले आफ्नो स्थान, निकायहरुबाट पनि सहयोग गरिदिन हार्दिक अनुरोध गर्दै सहयोगी मनका धनी अनिल तामाङले गोल्चे सञ्चार लाई बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here