विनायक तामाङको निर्देशनमा तामाङ कथानक चलचित्र ‘ल्हुई ह्राे’काे छाँयाङ्कन कार्य सम्पन्न

विनायक तामाङको निर्देशनमा तामाङ कथानक चलचित्र 'ल्हुई ह्राे'काे छाँयाङ्कन कार्य सम्पन्न

0
757

काठमाडौ, २३ फागुन/ नायक तथा निर्देशक विनायक तामाङको निर्देशनमा तामाङ कथानक चलचित्र ‘ल्हुई ह्राे’काे छाँयाङ्कन कार्य सम्पन्न भएको छ ।

त्रिकाेणात्मक प्रेम कथामा आधारित चलचित्र ‘ल्हुई ह्राे’ को छायांकन भने सिन्धुली, रामेछाप, सिन्धुपाल्चाेक, काभ्रे, र काठमाडाैँमा गरेकाे उहाँले बताउनु भएकाे छ । ‘ल्हुई ह्राे’ भनेकाे तामाङ भाषामा जीवन साथी हाे । जीवन साथी कस्ताे हुनुपर्छ ? यो बुझ्न भने चलचित्र हालमा नै पुग्नुपर्ने नायक विनायक तामाङले बताउनु भयाे ।

याे त्रिकाेणात्मक चलचित्रमा धुर्व स्याङतान र संन्चकुमारी तामाङलाई खलनायककाे रूपमा देख्न सकिने छ भने पुर्ण तामाङ र बुद्ध रूम्बालाई सहनायककाे भुमिकामा देख्न सकिने छ । छाँयाङ्कनमा रेशम दर्लामी मगर तथा प्रयास दाेङकाे सशक्त संगीत रहेकाे निर्माण पक्षले बताउनु भएकाे छ ।

कालीदेवी मिडिया हाउसले २०७६ साल जेठ ४ गते देखि याे फिल्मलाई देश भरिका हलहरूमा प्रदर्शनमा ल्याउने तयारीमा नायक विनायक तामाङले बताउनु भयो ।

फिल्म निर्माता तथा कलाकार साेभित मान तामाङकाे याे अन्तिम चलचित्र रहेकाे पनि नायक तामाङले बताउनु भयाे किनकि उहाँकाे निमाेनियाका कारण करिव दुई हप्ता अगाडी मृत्यु भएकाे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here