मदिरा ब्यबसायी संघ काठमाडौंले नक्कली मदिरा व्यवसायीलाई कारबाही

मदिरा ब्यबसायी संघ काठमाडौंले नक्कली मदिरा व्यवसायीलाई कारबाही

0
865

मदिरा ब्यबसायी संघ काठमाडौंले नक्कली मदिरा व्यवसायीलाई कारबाही

२० फागुन २०७५, काठमाडौं
गएको शनिबार मदिरा व्यवसायी संघ काठमाडौको चौथो वार्षिक साधारणसभा सुकेधारा स्थित कार्की पार्टी प्यालेसमा संघका अध्यक्ष सोनाम शेर्पाको सभापतित्व एवं नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष महेन्द्रमान श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न गराएका छन ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल मदिरा व्यवसायी महासंघका पुर्व अध्यक्षहरु एवं चेम्बर अफ कमर्सका सदस्य सन्तोष पाण्डे, संघका वरिष्ठ सल्लाहकार राम श्रेष्ठ, नवीन लाल श्रेष्ठ, उत्पादक संघका अध्यक्ष रवि के.सि. साथै ललितपुर जिल्ला मदिरा व्यवसायी संघका अध्यक्ष निरु थापा, भक्तपुर अध्यक्ष श्यामकृष्ण प्रजापती अनि फोईनिक्स डिस्टिलरीका उद्योगपति जगप्रीत सिंह, शारदा ग्रुप अफ इन्डष्ट्रीज प्रा.लि. का उद्योगपति गौरव शारडा लगायत उपस्थित थिए ।

साधारण सभा कार्यक्रमलाई सचिब रुप तामाङले सन्चालन गरेका थिए भने उपस्थित सम्पुर्णलाई उपाध्यक्ष बरालले स्वागत मन्तव्य राखे । त्यस्तै संघका महासचिव राजन केसिले संघको तर्फबाट प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको थियो । प्रतिवेदनमा संघले एक बर्षको अवधिमा गरेका गतिबिधि, व्यवसायिक हकहितका लागी चालेका कदम सहित आगामी कार्ययोजना समेत समावेस गरिएको थियो ।

नेपाल मदिरा व्यवसायी महासंघका पुर्व अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका सदस्य सन्तोष पाण्डेले मदिरालाई निषेध नभई नियन्त्रण गर्नुपर्ने धारणा राखे । घरेलु मदिराले विभिन्न बिकृती निम्याएको भन्दै पाण्डेले घरेलु मदिरा पुर्णरुपमा प्रतिबन्ध लगाउन माग गरे । उनले भने, “आज पनि नेपालमा ६३ प्रतिशत घरेलु मदिरा खपत भइरहेको छ । घरेलु मदिरा एकातिर करको दायरामा छैन अर्कोतिर यसमा कुनै मापदण्ड र गुणस्तरको बिषयले प्रवेश पाउँदैन । त्यसैले मदिरा नियन्त्रण गर्ने हो भने सबैभन्दा पहिला घरेलु मदिरा उत्पादन, बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाउन जरुरी छ ।”

सभालाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष महेन्द्रमान श्रेष्ठले राज्यले कानुनको अधिनमा रहेर गरिने सबै प्रकारका पेशा-व्यवसाय को संरक्षण गर्नुपर्ने धारणा राखे । मदिरा व्यवसायको बारेमा सरकारले पछिल्लो समय पुर्वाग्रही मानसिकताले व्यबहार गर्नखोजेको आरोप लगाउँदै श्रेष्ठले निजि क्षेत्रको लगानी सुरक्षाको लागि निरन्तर लागिपर्ने प्रतिबद्धता जाहेर गरे । आयातलाई प्रतिस्थापन गर्न अन्तरास्ट्रिय गुणस्तरको मदिरा उत्पादन गर्नुपर्ने उनको सुझाव थियो ।

नेपाल मदिरा व्यवसायी महासंघका पुर्व अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका सदस्य राम श्रेष्ठले देशैभरका संघहरुमध्ये काठमाडौ सबैभन्दा सक्रिय प्रभावकारी रहेको अनुभव सुनाए । वर्तमान गृहमन्त्रीले मदिरा व्यवसायलाई ध्वस्त पार्न लागिपरेको आरोप लगाउदै श्रेष्ठले बिस्तृत अध्ययन गरेर मात्रै मदिरा नीति तर्जुमा गर्न सरकारलाई सुझाव दिए ।

नेपाल उत्पादक संघका अध्यक्ष रवि केसीले मदिरा बजारमा बिद्यमान अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गर्न सबैले सकारात्मक भुमिका खेल्नुपर्ने बताए ।

नेपाल मदिरा व्यवसायी महासंघका उपाध्यक्ष खिमबहादुर खत्रीले मदिरा व्यवसायले राजस्व संकलनमा महत्वपूर्ण योगदान पुर्याएको जानकारी दिए ।

मदिरा व्यवसायी संघ काठमाडौका अध्यक्ष सोनाम शेर्पाले पेशागत हकहितका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए । मदिरा उत्पादन, बिक्रीवितरण र सेवनलाई मर्यादित बनाउन आफुहरु पनि सकारात्मक रहेको बताउदै शेर्पाले व्यवसायलाई निषेध र निरुत्साहित नभई व्यवस्थित बनाउनेतर्फ ध्यान दिन सरकारलाई आग्रह गरे ।

      || सभाले नक्कली मदिरा व्यवसायीलाई कारबाही ||

मदिरा व्यवसायी संघ काठमाडौंको चौथो वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रमबाट सिनामंगल स्थित संस्कार ट्रेडर्सलाई नक्कली मदिरा बिक्री बितरण गरेकोले कारबाही गर्दै अबको दिनमा कुनै पनि कंपनी, व्यवसायी, डिलर, होलसेलरले दिएको खण्डमा संघमा आवद्ध सम्पुर्ण सदस्य व्यवसायीहरुले त्यस्ता कंपनी, व्यवसायी अनि डिलरको मदिरा साथै लिकेज, ब्रीकेज नसाट्ने कंपनि रेड लेभल र ब्याक लेभल जस्ता मदिरा समेत संघमा आवद्ध सदस्यहरुले नबेच्ने निर्णय गरेको जानकारी गराए ।

साथै कार्यक्रमलाई सभ्य र भब्य बनाउन आर्थिक सहयोग गरेका कंपनी तथा व्यवसायीलाई संघको तर्फबाट मायाको चिनो द्वारा सम्मान समेत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here