आमाको हातबाट रिबन काट्दै अर्गानिक कफि एण्ड रेष्टुरेन्ट विधिवत सुरुवात

आमाको हातबाट रिबन काट्दै अर्गानिक कफि एण्ड रेष्टुरेन्ट विधिवत सुरुवात

0
905

आमाको हातबाट रिबन काट्दै अर्गानिक कफि एण्ड रेष्टुरेन्ट विधिवत सुरुवात

१७ फागुन २०७५, काठमाडौं
काठमाडौंको बौद्ध पिपलबोट देखि पुरानो अरब बैंक पट्टि , हालको सिटिजन बैंकको अपोजिट पट्टी एक तला माथी अर्गानिक कफि एण्ड रेष्टुरेन्ट विधिवत रुपमा सुरुवात भएको छ । आज सन्चालिका अमिता तामाङकी आफ्नी ममतामयी आमाको हातबाट रिबन काटी उद्घाटन गरेको हो ।

एकल रुपमा सन्चालन गरिएको रेष्टुरेन्टमा करिब २० लाख भन्दा बढीको सुरुवाती लगानी गरिएको सन्चालिका अमिता बताउँछिन् । आफ्नै देशमा आफैले केही गरौं र अरुलाई पनि रोजगारी दिउँ भनेर रेष्टुरेन्ट खोलिएको बताउँछन् उनी । अहिले ६ जनालाई प्रत्यक्ष रोजगार समेत दिएकी छिन ।

रेष्टुरेन्टमा अर्गानिक कफि स्पेसल रुपमा उपलब्ध छन भने फास्टफुड र स्न्याक्स पनि अर्डर बमोजिम ग्राहकको सन्तुष्टिको लागि तयार हुनेछ्न । साथै सफ्ट ड्रीङ्क, हार्ड ड्रीन्क पनि उपलब्ध छन ।

लगभग १०० जना सम्म ग्रहाकको लागि स्पेस भएको रेष्टुरेन्टमा बर्थडे पार्टी, अन्न प्रसान, गेटटुगेदर आदिको लागि सबैको रोजाईमा पर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here