ल्होछार बिरोधीलाई नछोड्ने – दावा तामाङ

ल्होछार बिरोधीलाई नछोड्ने - दावा तामाङ

0
371

ल्होछार बिरोधीलाई नछोड्ने – दावा तामाङ

फागुन १४, सिन्धुपाल्चोक
नेपाल तामाङ घेदुङको केन्द्रिय सल्लाहकार दावा तामाङले तामाङहरुको पहिचानको धरोहर प्रमुख चाड ल्होछारलाई कसैले बिभिन्न बहानामा बिरोध गरिन्छ भने ति बिरोधीहरुलाई नछोड्ने बताए । बलेफी गाउँपालिका वडा नं. ३ धुस्कोटमा अवस्थित कर्मडुप्ग्युलिङ गुम्बा परिवार धुस्कोटद्वारा आयोजित सोनाम ल्होछारको शुभकामना आदानप्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि समेत रहेका तामाङले संबिधानमा स्पष्ट भएरपनि सरकारले ल्होछारको लागि दिएको सार्वजनिक बिदा कटौती गर्ने जस्ता कार्यहरु गर्दै जाने हो भने  हामी तामाङहरु चुप लागेर नबस्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा पुर्व सभासद् समेत रहेका तामाङले राष्ट्रका हरेक समुदायले मान्ने चाड पर्वलाई राज्यले समान ब्यवहार र सबैको अधिकार सुनिश्चित गराउन सक्नु नै राष्ट्रको उपलब्धिको रुपमा लिनुपर्ने बताए । कार्यक्रमका बिशेष अतिथिका रुपमा रहेका समाजसेवी रामकुमार लामाङले यस्ता साँस्कृतिक जागरणका कार्यक्रमहरु बेला बेलमा भइराख्नुपर्ने र यस्ता जागरणका कार्यक्रमहरु नभएकै कारण अझै ल्होछारको बिषयमा तामाङहरु अनविज्ञ रहेको बताए । सफल ब्यवसायी तथा नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका प्रमुखको प्रत्याशी समेत रहेका लामाले यस्तो साँस्कृृतिक जागरणका कार्यक्रमहरुलाई सदा सहयोग गर्ने बताए ।

अर्काे बिशेष अतिथि नेपाल तामाङ घेदुङको केन्द्रिय सदस्य राम लामाले हामी तामाङहरु आर्थिक कमजोरकै कारण पछाडी परेको भन्दै सबै तामाङरु ब्यवसायी हुन आवश्यक रहेको बताए । यस क्षेत्रकै सबैभन्दा ठुलो कर्मडुप्ग्युलिङ गुम्बा निर्माण समितिको अध्यक्ष समेत रहेका गोलेले गुम्बा निर्मांणका लागि सहयोग गर्नुहुने सम्पुर्णमा धन्यबाद दिएका थिए ।

त्यस्तै नेपाल आदिबासी जनजाति महासंघ समन्वय परिषद् सिन्धुपाल्चोकका सचिब मिलन तामाङले मञ्जुश्री सम्बत २८५५ सोनाम ल्होछार र ल्होछारलाई मनाउने तरिकाको बारेमा बुँदगत रुपमा ब्याख्या गर्दै भाषा, संस्कार, संस्कृतिको संरक्षण, सम्बद्र्धन र बिकासका लागि नेपालको संबिधान २०७२ मै स्पष्ट पारिसकेको कुरालाई कसैले अटेरी गर्छभने त्यो ब्यक्ति संबिधान बिरोधी हुने र संबिधान बिरोधी समाजको अपराधी हुने बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रस्तावित जिल्ला सदस्य डुपछिरीङ तामाङ, जुगल गाउँपालिका वडा ७ का वडा अध्यक्ष दिलकुमार लामा, नेपाल तामाङ घेदुङ बलेफी गाउँपालिकाका अध्यक्ष राजेन्द्र लामा, नेपाल तामाङ घेदुङ जुगल गाउँपालिका अध्यक्ष फुलकाजी घिसिङ, बाह्रबिसे नगरपालिकाका समाजसेवी रेशम लामा, जुगल गाउँपालिका युवा समाजसेवी बिनोद तामाङ लगायतका बिभिन्न ब्यक्ति ब्यक्तित्वहरुले शुभकामना मन्तब्य राखेको थिए । 

बाक्लो तामाङ बस्ती र प्राकृतिक सुन्दरताले भरिभराउ यस ठाउँमा आयोजित ल्होछार कार्यक्रमको सभापति यसै गाउँका प्रमुख लामा आषिश लामाले गरेको थियो भने कार्यक्रमको संचालन गायक, मोडल तथा संचारकर्मी प्रितम गोले तामाङले गरेको थियो ।

कार्यक्रममा बहु चर्चित सेलो गायक बिशाल काल्तान, आस्मान लोप्चन, जलबहादुर जिम्बा, अनिल स्याङबो, ओम वाइबा तामाङ, सन्देश लामा, प्रकाश तामाङले गित प्रस्तुत गरे भने नायिका तथा मोडल सुनिता लुङबा, अनुस्का दोङ, पुसन लामा, मोडल सुजल लामा लगायत स्थानीय कलाकारहरुको बेजोड सांगितिक प्रस्तृति रहेको थियो ।

छिमेकी गाउँ याङ्लाकोट, बराम्ची, माँखा, चिम्लिङ, डाँडागाउँ, बिन्जेल, बदर्पा, फुल्पिङबाट समेत उल्लेख्य दर्शखरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here