“मैले मेरो दाईहरु भन्दा अचम्मित हुनेहरुलाई,थर सँग जोडेर नपत्याउनेहरुलाई देखाउने छु” म एक्ली र प्यारी आङा  साबित गरेर ।”-चिट्ठी

"मैले मेरो दाईहरु भन्दा अचम्मित हुनेहरुलाई,थर सँग जोडेर नपत्याउनेहरुलाई देखाउने छु" म एक्ली र प्यारी आङा  साबित गरेर ।"-चिट्ठी

0
426

“मैले मेरो दाईहरु भन्दा अचम्मित हुनेहरुलाई,थर सँग जोडेर नपत्याउनेहरुलाई देखाउने छु” म एक्ली र प्यारी आङा  साबित गरेर ।”-चिट्ठी

दाई ,
यो गाेधुँली साँझ बिस्तारै सन्ध्याकालिन परिवेशमा ढल्किदै छ । तर यो आङाको मन मस्तिष्कमा भने पृथ्वीमा निशा हैन सात वटा सूर्यको उदाय हुँदैछ । त्यसैले त आज अँध्यारो हैन जीवनमा उज्यालो महशुस गरि रहेको छु । अनि आफू अहिले सम्म रहनुको महत्त्व बुझ्दै छु  । हजुरहरुले दिनु भएको असिम माया र प्यारलाइ खै कुन शब्दमा बयान गरु ? एकाएक शब्दहरु प्रस्फुटन हुन नमानी आत्मै भित्र गायव पो हुँदै छ । तै पनि म खुल्ला आकाशमा स्वतन्त्र उडी रहेकी चरी झै बिना अवरोध उड्दै जाने क्रममा तपाईंको न्यानो अङ्गालो र विश्वासै नगरेको प्राप्ती मेरो जीवनमा कुनै सामन्य रुप भने पक्कै हैन ।

     हिजो आत्मिक रुपमा नजिक रहेका हामी आज       त एउटै भूगोलमा  ज्ञान प्राप्त गर्ने थलो जहाँ             भित्र पस्न साथ मलाई ७५ प्रतिशत तनाव                अफसेअफ आफै कम  हुँदै जाने महसुस हुन्थ्यो ।

संचारको दुनियाँ र मैले जीवनमा थुप्रै आरोह र अवरोह पार गर्दै आएकी छु । सकारात्मक र नकारात्मक बीचबाट जन्मिएर हुर्किदै आएको दाजु बहिनीको सम्बन्ध साच्चै आज सुनौलो भेट मार्फत प्रमाणित भएको छ । हजुरले दिनु भएको वाचाबाट हजुर चुक्नु भएन । अलिकती भरोसा र विश्वास मनमा सङ्गलेर साच्चै म आकाशतिर हेरि रहेको दिनचर्याबाट आज मुक्त भएको छु । हिजो आत्मिक रुपमा नजिक रहेका हामी आज त एउटै भूगोलमा  ज्ञान प्राप्त गर्ने थलो जहाँ भित्र पस्न साथ मलाई ७५ प्रतिशत तनाव अफसेअफ आफै कम हुँदै जाने महसुस हुन्थ्यो । हो दाई आज हामी त्यही एरियामा छौ । खुसी साटी रहेका छौ । अनि मैले छातीमा हात राखेर आफैलाइ नढाटी भन्नू पर्छ आज सङ्गै देख्न पाएका छौ मेरो इच्छा पूरा भएको छ ।अरु बेला हतारिएको यो मन आज छुट्टिन मानी रहेको छैन । घडीको सुइ मैले रोकि दिदा रोकिने भए म सदाको निम्ति हामी यही ठाउमा उभिने र खुसिने बनाइ दिन्थे । तर विवस छौ हामी समयको आफ्नै गति छ जो कसैले चाहेर नि रोक्न सकिँदैन । भन्नू हुन्थ्यो नि सम्बन्ध भनेको उखु जस्तो हुनुपर्छ जे गरे नि जस्तो अवस्थामा पनि गुलियो नै हुने । दाई मलाई विश्वास छ हामी कहिले पनि तिते करेला बन्ने छैनौ बन्ने छौ केवल उखु । हामी दुवै जनाले एकै खालको समय दिने त्यो अमूल्य उपहार साच्चै प्रयोगै नगरी सबैले देख्ने ठाउँ अर्थात सोकेशमा सजाएर राखौ अनि गर्वले छाती फुलाएर भन्न पाओस यो मेरो रगतको नाता भन्दा बाहिर तर मेरो मन मस्तिष्क र मुटुमा धड्की रहने दाजुले ल्याउनु भएको उपहार हो ।

म एक चेली हु अर्थात समाजको नजरमा दोस्रो दर्जाको नागरिक  तर मलाई मेरो दाजुहरुले साच्चै म पनि एक पुरुष झै साहसिलो र आत्म विश्वास बोकेकी चेली हो भनेर शिरमा राखी रहे । अनि मैले पनि नाता जोड्नको लागि कुनै थर र लिङ्गले छेकिदैन भन्ने प्रमाणित सिद्द गर्न खोजी रहे त्यसैले त दादा हामी यो साझ सम्म खुसी साटेर गर्वले छाती फुलाएर मेरो ज्योज्यो र मेरि आङामा बाधी रहे । कति अजिव छ है यो माया । जब तपाईंहरुको साथमा हुन्छ नि मैले कर्म गर्न पनि बिर्सिन पुग्छु र भन्छु दादा म नि हजुरहरु सङ्गै बस्ने नि म भोलि डिउटी जान्न । अनि तपाईं भन्नू हुन्छ आङा डिउटी त गर्नै पर्छ फेरि भेट्छौ नि है प्यारी आङा । अनि म नाइ दादा भन्न सक्दिन किन कि कर्म विना हामी पूर्ण हुन्नौ र मनले नचाहेर नि भन्नू पर्छ दादा म छिट्टै आउनेछु ।

    मैले मेरो दादाहरु भन्दा अचम्मित हुनेहरुलाई            थरसङ्ग जोडेर नपत्याउनेहरुलाइ देखाउने छु म        एक्ली र प्यारी आङा  साबित गरेर ।

अनि यो मनले भन्न थाल्छ अर्को भेटमा त मेरो ज्योज्योहरुसङ्ग म घण्टौ सङ्गै अनुभूती साटी रहने छौ । हामी सागर हौ र कहिले सुक्दैनौ हामी ज्योमोगाङको शिर हौ कहिले झुक्दैनौ मैले मेरो दादाहरु भन्दा अचम्मित हुनेहरुलाइ ,थरसङ्ग जोडेर नपत्याउनेहरुलाइ देखाउने छु म एक्ली र प्यारी आङा  साबित गरेर । मखमलीको रङ्ग झै कहिले नओइलिने अनि स्वादेश होस या विदेश सधै सङ्गै रहि रहने मेरो मात्र दुई दादा जसले मेरो भलो चाही रहने हो म एक्ली आङा सदा रहि रहने ।

उहीँ हजुरहरुको आङा
रचना मोक्तान “यात्री” काभ्रे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here