“पाँचपोखरी हाफ म्याराथुन -२०१८” मा म पनि भाग लिन चहान्छु – निवर्तमान कानुन मन्त्री शेर ब. तामाङ

"पाँचपोखरी हाफ म्याराथुन -२०१८" मा म पनि भाग लिन चहान्छु - निवर्तमान कानुन मन्त्री शेर ब. तामाङ

0
1096

“पाँचपोखरी हाफ म्याराथुन -२०१८” मा म पनि भाग लिन चहान्छु – निवर्तमान कानुन मन्त्री शेर ब. तामाङ

“पर्यटन बिकासको लागि खेलकुद ” भन्ने नारामा आधारित रहेर गर्न गैरहेको “पाँचपोखरी हाफ म्याराथुन -२०१८” को बिशेष छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्ने क्रममा आफुलाई पनि समयले साथ दिए सम्म यस म्याराथुनमा भाग लिन ईच्छा रहेको बताउनु भयो ।

उहाँले भन्नू भयो ” हो म समग्र सिन्धुपाल्चोकको पर्यटनको बिकासको लागि मैले गर्न सक्ने ठाउँमा लागि परिरहेको छु र लागि पर्नेमा पनि बिश्वस्त पार्न चहान्छु ” । उहाँले लाङटाङ पदयात्रा सँग सम्बन्धित सिन्धुपाल्चोकको सिमानामा रहेको गन्जला पास रुट खोल्नका लागि सरकारबाट बजेट समेत पारित गरिसकेको हुनाले अबको सिन्धु पर्यटन उचाईमा पुग्ने दावी समेत गर्नु भयो ।

साथै तामाङले यस कार्यक्रमले कसैलाई दौडाउने मात्र नभै समग्र पाँचपोखरी थाङ्पाल को पर्यटनलाई बृहत् रुपमा प्रवर्द्धन गर्ने उद्देश्यलाई सफल बनाउन पर्यटनलाई चिनाउन प्रचार प्रसारको लागि बिशेष जोड दिन सुझाव दिनु भयो ।

आफ्नो मन्तव्यलाई जोड्दै मिडिया प्रचारप्रसारले त्यहाँको विभिन्न पर्यटन सम्बन्धि कुराहरुलाई बिश्वसामु पुर्याउने भएकोले कार्यक्रम आयोजकले संचारको लागि खर्च गर्न कन्ज्युसाई नगर्न सुझाव समेत दिनु भयो  । अलि  यस गाउँ पालिका भित्र पाँचपोखरि सहित अन्य ड्रागन गुफा, याङृ, गन्जलापास जस्ता पर्यटन सम्बन्धि महत्वपूर्ण ठाउँहरुको समेत प्रवर्द्धन गर्न जोड दिनु भयो ।

साथै यो म्याराथुनमा हिमाली भेगमा बसोबास गर्ने स्थानीयलाई बिशेष रुपमा समेट्न समेत सुझाव दिनुभयो । उहाँको धारणामा यदि हाम्रै हिमाली भेगमा भेंडा चौंरी चराउने दाजुभाई दिदिबहिनिले यो रेस जित्न प्रवल सम्भावना पनि रहेको र उनिहरुले जितेमा यो म्याराथुनको छुट्टै महत्व हुने समेत बताउनु भयो । यो कार्यक्रम गाउँ पालिकाको  वार्षिक कार्यक्रमको रुपमा स्थापित गरि हरेक वर्ष निश्चित बजेट समेत अनिवार्य छुट्याउनु पर्ने बताउनु भयो । साथै उचाईमा अवस्थित खेल सेन्टर , पर्वतारोहण प्रयोगात्मक स्थल जस्ता भावी योजनाहरुलाई अगाडि बढाउदै लगेमा अवस्य एकदिन सफलता प्राप्त हुने समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here