सामाजिक परिचालकको कदर खोई सरकार ? – फुलकाजी स्याङ्बो ( वान पिस स्याङ्बो )

सामाजिक परिचालकको कदर खोई सरकार ? - फुलकाजी स्याङ्बो ( वान पिस स्याङ्बो )

0
426

सामाजिक परिचालकको कदर खोई सरकार ? – फुलकाजी स्याङ्बो ( वान पिस स्याङ्बो )

२० श्रावण २०७५ गोल्चे सन्चार डट कम
तत्कालिन संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयबाट सन् २००८ जुलाई देखि सन्चालन हुँदै आएको स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम (L.G.C.D.P) अन्तर्गत सामाजिक परिचालक कार्यक्रम यहि २०७५ असार मसान्तबाट समाप्त भएको छ। यस कार्यक्रम अन्तर्गत हामी सामाजिक परिचालकहरुले ज्यादै न्यून मासिक पारिश्रमिक  जम्म रु १२०००/- मा जनप्रतिनिधि विहिन अवस्थामा स्थानिय तहमा सरकार र समुदाय विचको पुलको रुपमा काम गर्दै आईरहेको स्थितिमा सरकारले विना कारण सामाजिक परिचालकहरुलाई बर्खास्त गरिदिएको अवस्था रहेको छ ।

जुन बेला देश जनप्रतिनिधि विहिन,संक्रमणकालले ग्रस्त थियो त्यस्तो अवस्थामा सरकारको सेवा प्रवाह र सेवाग्राही बिचको पुलको रुपमा वडा नागरिक मंच र नागरिक सचेतना केन्द्र संग सहकार्य तत्कालीन तत्कालीन गाउँ विकास समिती र हालको वडा कार्यालय सँगको समन्वयमा समाजको बिद्यामान कु शासनको अन्त्य गरि सु शासन कायम राख्नमा समाजिक परिचालकहरुको ठूलो भुमिका रहेको थियो ।

वडा, गा.वि.स. , नगरपालिका, महानगरपालिका, तथा जिल्लामा  यसरी निरन्तर लागि परेका हामी सामाजिक परिचालकहरुको योगदानको सहि मुल्यांकन हुनु पर्छ कि पर्दैन ? यतिबेला यो प्रश्न हरेक म जस्तै सम्पुर्ण सामाजिक परिचालको मनमा उठिरहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले दिनु भएको   श्रावण १ गतेदेखी सबै स्थानिय तहमा कर्मचारी पद पुर्ती हुनेछ भन्ने कुरा पनि कुरामै सिमित भैरहेको अवस्था छ । यता निरन्तर रुपमा स्थानिय तहमा काम गर्दै आईरहेका ४ हजार ७६४ जना दक्ष र अनुभवी कर्मचारी (सामाजिक परिचालक)हरु काम नपाएर बेरोजगारी बन्न पुगेका छन । जसले गर्दा दक्षको हातमा खिया लाग्न सुरु भएको छ भने एकातिर एकै जना वडा सचिबले २ देखि ३ वटा वडा चलाउन बाध्य भएको देखिन्छ ।

यस्तो अवस्थामा कसरी पूरा होला सरकारको गाउँ गाउँमा घर घरमा सिंहदरबारको अधिकार ? कसरी पाउँलान सेवा सुविधा जनताले ? सिंहदरबारको अधिकार घर घरमा हैन बरु घरको अधिकार टाढिएर सिंहदरबार तिरै फर्केको अनुभुति हुना थालेको छ । सरकारको एक घर एक रोजगार भन्ने नारा नारामै सिमित हुने पक्का देखिन थाली सकेको छ ।

देशमा सुशासन राख्नमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने हामी सामाजिक परिचालकहरु अशान्ति र हिंसाको बाटो अपनाएर आफ्नो अधिकार प्राप्त गर्न चहानौं । र उक्त कार्य गर्न पनि बाध्य पनि नपारियोस । जसरी प्राकृतिक दमनहरु गर्दा मानिसहरुले विभिन्न समस्या जलवायु परिवर्तन अनाबृष्टि , अतिबृष्टी , अल्पबृष्टी , खडेरी , बाढी, पहिरो, हिमपात डुवान जस्ता समस्याहरु झेल्नु पर्छ त्यसै गरि सामाजिक परिचालकहरुको दमन गर्दा राज्यले पनि यस्ता समस्याहरु झेल्नु नपर्ला भन्न सकिन्न । त्यसैले स्थानिय तहमा खेलेको सकारात्मक भुमिकाको मुल्यांकन गर्दै भावी दिनहरुमा हाम्रो माग सुनुवाई गरि स्थानिय सरकार, प्रदेश सरकार , केन्द्र सरकारले हामिलाई यथास्थितिमा अनुकुल अधिकार र कर्तव्य सुम्पिई पुन: स्थापना गर्न जोडदार माग गर्दछु ।

नाम- फुलकाजी स्याङ्बो ( वान पिस स्याङ्बो ) जुगल गा.पा.- २
समाजिक परिचालकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here