“पर्यटन प्रवर्द्धनका लागि खेलकुद” नारा सहित दोश्रो “पाँचपोखरि हाफ म्याराथुन – २०१८” यस्तो किसिमको हुने

"पर्यटन प्रवर्द्धनका लागि खेलकुद" नारा सहित दोश्रो "पाँचपोखरि हाफ म्याराथुन - २०१८" यस्तो किसिमको हुने

0
929

“पर्यटन प्रवर्द्धनका लागि खेलकुद” नारा सहित दोश्रो “पाँचपोखरि हाफ म्याराथुन – २०१८” यस्तो किसिमको हुने

२० श्रावण २०७५  प्रीतम तामाङ
पाँचपोखरी थाङ्पाल गा.पा.को मुख्य आयोजनामा “पर्यटन प्रवर्द्धनका लागि खेलकुद” नारा सहित यस वर्षको “पाँचपोखरी हाल्फ म्याराथुन – २०१८” को बृहत् छलफल कार्यक्रम पाँचपोखरी थाङ्पाल गा.पा. का प्रमुख टासी लामाको सभापतित्व, निवर्तमान कानुन मन्त्री शेर बहादुर तामाङको प्रमुख अतिथ्यतामा आज बौद्ध टुसाल स्थित फ्लेबर होटलमा बृहत् छलफल सप्पन्न भयो । कार्यक्रममा विभिन्न गा.पा.का प्रतिनिधिहरु तथा संघ संस्थाहरुको प्रतिनिधि को समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई गा.पा. वडा नं ३ का वडा प्रमुख ङिमा छिरिङ तामाङले सन्चालन गर्दै गा.पा. का कानुनी सल्लाहकार नीर बहादुर पख्रीन ले स्वागत मन्तव्य सहित दोश्रो पाँचपोखरी म्याराथुन र पाँचपोखरी सँग सम्बन्धित प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले राख्नु भएको प्रस्तुतिमा पाँचपोखरिको वस्तुस्थिति , यसको भावी सम्भावना , अवसर, चुनौती, साथै यो कार्यक्रमको लागि आवश्यक पर्ने आर्थिक , खर्च हुने अनुमानित आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा अतिथिको रुपमा उपस्थित पाँचपोखरी थाङ्पाल गा.पा. कै राजनितिज्ञ उदय सम्सेर सापकोटाले आफ्नो मन्तव्यको क्रममा पाँचपोखरिको पर्यटन प्रवर्द्धनमा आफू विगतमा गा.वि.स. अध्यक्ष हुँदा समेत गर्न नसकेको कार्य यो भन्दा पहिलो वर्ष प्रथम पाँचपोखरी म्याराथुन सफलतापुर्बक  गरेका सिन्धुपाल्चोक पर्यटन परिषद्लाई लाखौ लाख धन्यवाद दिनु भयो । उहाँले यदि यस्तो चुनौतीपूर्ण खेल यस संस्थाले नगरेको भए आज यो दिन हामिले देख्ने थिएन भन्नू भयो । साथै यो महान कार्यलाई स्थाई रुपले अघि बढाउन जिम्मेवार लिएकोमा पाँचपोखरी गा.पा. सम्पुर्ण पदाधिकारी तथा प्रमुख टासी लामा प्रती आफू आभारी रहेको र आफ्नो तर्फबाट गर्नु पर्ने सम्पुर्ण सहयोग रहने समेत बताउनु भयो । उहाँले आफ्नो ठाउँको जस्तो सुकै प्रवर्द्धन र विकासको लागि राजनितिक विवाद र हस्तक्षेप हुन नहुने समेत बताउनु भयो ।

प्रमुख अतिथी शेर बहादुर तामाङ ज्युले यस कार्यक्रमले कसैलाई दौडाउने मात्र नभै समग्र पाँचपोखरी थाङ्पाल को पर्यटनलाई बृहत् रुपमा प्रवर्द्धन गर्ने उद्देश्यलाई सफल बनाउन पर्यटनलाई चिनाउन प्रचार प्रसारको लागि बिशेष जोड दिन सुझाव दिनु भयो । यस गाउँ पालिका भित्र पाँचपोखरि सहित अन्य ड्रागन गुफा, याङृ, गन्जलापास जस्ता पर्यटन सम्बन्धि महत्वपूर्ण ठाउँहरुको समेत प्रवर्द्धन गर्न जोड दिनु भयो ।

कार्यक्रमको अनुमानित खर्च गर्ने रकम रु.१४,८५०००/- (अक्षरुपी चौध लाख पचासी हजार मात्र ) । जसमा गा.पा. ले रु.७०००००/- सात लाख छुट्याईसकेको छ भने अन्य आर्थिक सहयोग मार्फत जुटाउने आयोजकले बताउनु भयो ।

पुरस्कारको राशि महिला र पुरुष दुवैलाई समान हुने ,
म्याराथुनमा प्रथम हुनेलाई रु ५०,०००/-
दोश्रो – रु ३०,०००/-
तेस्रो – रु २००००/-

भाग लिन दर्ता शुल्क यस्तो छ –
– बाहिरी जिल्ला – रु . २०००/- (कार्यक्रम अगावै)
कार्यक्रमको दिनमा रु . ३०००/-
– जिल्लावासि को लागि – रु. १०००/- कार्यक्रम अगावै
कार्यक्रम कै दिनमा रु. १५००/-
– विदेशि पर्यटक – $३५ , कार्यक्रम कै दिन $ ४० हुने ।

कार्यक्रमको आयोजक समितिका संयोजक प्रथम नेपाली महिला आरोही कान्छिमाया तामाङले गरेका छन् । साथै अन्य समितीका सदस्यहरु तथा जिम्मेवार ब्यक्तिहरु यस प्रकार रहेको छ –

गाउँपालिका प्रमुख – टासी लामा – 9851150649
गा.पा. खेलकुद विभाग प्रमुख – टासी शेर्पा – 9861965407
संयोजक – कान्छिमाया तामाङ – 9841480795
प्रकाश लामा – 9861923010
बाबुलाल तामाङ – 9803052342
ङिमा छिरिङ तामाङ – 9813120852
अजय धिताल – 98611151572
लेखनाथ लामा –
बुद्ध लामा –

सिन्धुपाल्चोक पर्यटन सम्बन्धी सिन्धु पर्यटन परिषद् महासचिव मिलन लामाको अन्तर्वार्ता हेर्न नभुल्नुहोला > 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here