जुगल गाउँ पालिकाका युवाहरु पर्यटन बिकासको लागि यसरी जुर्मुराए , यसै जनैपुर्णिमामा दोमङ पोखरिमा मेला आयोजना गरिने

जुगल गाउँ पालिकाका युवाहरु पर्यटन बिकासको लागि यसरी जुर्मुराए , यसै जनैपुर्णिमामा दोमङ पोखरिमा मेला आयोजना गरिने

0
1404

जुगल गाउँ पालिकाका युवाहरु पर्यटन बिकासको लागि यसरी जुर्मुराए , यसै जनैपुर्णिमामा दोमङ पोखरिमा मेला आयोजना गरिने

२० श्रावण २०७५ प्रीतम तामाङ
समग्र जुगल गाउँ पालिकालाई पर्यटनको हब बनाउने उदेश्यले हिजो १९ गते जुगलका सचेत युवाहरुको भेटघाट तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भयो । भेटघाट तथा छलफल कार्यक्रमको संयोजकत्व सिन्धु पर्यटन परिषद्का महासचिव तथा जुगलकै स्थानिय युवा मिलन लामा रहेको थियो । उहाँले यस वर्ष सिन्धु पर्यटन परिषद् तथा नेता कार्यकर्ताहरुको अथक प्रयासमा जुगल हिमाल आरोहणको बाटो खुल्ला भएकोले पकै पनि जुगल गाउँ पालिकाको समृद्धिको दिन आईसकेको बताए । साथै यसै वर्षको असोज १२ गतेका दिन जुगल हिमाल प्रथम पटक आरोहण समेत गरेर सुरुवात गरिने बताउनु भयो ।

यस कार्यक्रममा बिशेष रुपमा जुगल गाउँ पालिकामा रहेको एक प्रसिद्ध तिर्थस्थलको रुपमा वर्षौ देखि चिनिदै आएको तर प्रचार प्रसारको अभावमा ओझेलमा रहेको “गे गाङ” ( दोमङ पोखरी) लाई पर्यटन प्रवर्द्धन गर्ने मुल उद्देश्यका साथ यहि आउदो भदौ १० गते जनैपूणिर्माको दिन बिशेष मेला आयोजना गर्ने बताए ।

यस सन्दर्भलाई जोड्दै गे गाङ ( दोमङ पोखरी ) को आफ्नै छुट्टै एतिहासिक तथा धार्मिक महत्व रहेकोले पर्यटन को दृष्टिले के कस्ता सम्भावना , चुनौती, यसको भौगोलिक अवस्थिती, यहाँका साँस्कृतिक, राजनितिक, शैक्षिक , पुर्वाधारको स्थिती लगाएत विषयमा आफ्नो प्रस्तुति समेत राख्नु भएको थियो ।

यस कार्यक्रममा जुगलका राजनितिक व्यक्तित्व रेशम स्याङ्बो, स्थानिय वडा प्रमुखहरु जुगल गा.पा. – ४ प्रेम तामाङ, वडा – ७ प्रमुख दिल कुमार लामा , वडा – ६ प्रमुख जंग तामाङ, युवा समाजसेवी दोर्जे योन्जन , बुद्धिजीवी , सरोकार राख्ने युवाहरु सम्पुर्ण तदारुकताका साथ आ आफ्नो ठाउँबाट लाग्ने छलफल भए । बिशेष रुपमा स्थानिय बराम्चिका युवा दोर्जे योन्जनको पहिले देखिनै दोमङ पोखरिलाई पर्यटनको थलो बनाउने प्रयास रहेकोले पनि यो कार्यक्रम सम्म आईपुगेको मिलन लामा बताउनु हुन्छ ।

साथै ४ वाटै वडा पालिका प्रमुखले आफुहरुले सक्ने सम्मको आर्थिक र भौतिक सहयोग रहने समेत बताउनु भयो । यसै क्रममा वडा प्रमुख जंग तामाङले वडा पालिकाको तर्फबाट रु १५००००/- छुट्याइएको बताउनु भयो ।

स्थानिय राजनितिक नेता तथा समाजसेवी रेशम स्याङ्बोले आफ्नो धारणा राख्दै यो जुगलको समृद्धिको बलियो आधार भएकोले यस्मा सबैजना तदारुकताको साथ लग्नु पर्ने बताउनु भयो । यस्तो बिकासको कार्यमा आफुले सक्ने सम्पुर्ण सरसहयोग रहने समेत स्पष्ट पार्नु भयो । जुगलको समृद्धि नै आफ्नो बर्षौको सपना रहेको बताउनु भयो ।

औपचारिक रुपमा पहिलो पल्ट योजनाबद्ध ढंगले मेला ब्यबस्थापन गर्ने , प्रचारप्रसार लाई व्यापक तरिकाले अगाडि बढाउने विषयहरुमा छलफल तथा सुझाव संकलन समेत गरिएको थियो ।

जुगल हिमाललाई पर्यटन प्रवर्द्धन गर्ने – भिडियो सिन्धु पर्यटन प्रवर्द्धन परिषद का महासचिव मिलन लामाको अन्तर्वार्ता यस्तो छ – 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here