हाँसो,रोदन, पौराणिक द्वन्द अनि तामाङ रितिरिवाजको एकमुष्ट प्याकेज ” सोनाम ग्याल्मो ” तामाङ नाटक अझै २ दिन

हाँसो,रोदन, पौराणिक द्वन्द अनि तामाङ रितिरिवाजको एकमुष्ट प्याकेज " सोनाम ग्याल्मो " तामाङ नाटक अझै २ दिन

0
517

हाँसो,रोदन, पौराणिक द्वन्द अनि तामाङ रितिरिवाजको एकमुष्ट प्याकेज ” सोनाम ग्याल्मो ” तामाङ नाटक अझै २ दिन

२७ असार २०७५ प्रीतम तामाङ
सेलो नाटक फेस्टिभल -२०७५ मार्फत प्रथम पटक थियटरमा मन्चन गरिएको फुलमान बलको लेखन रहेको तामाङ नाटक “सोनाम ग्याल्मो” ले जो कोहि हेर्ने दर्शकको मन छुन्छ । यो नाटकलाई सोनाम मोक्तानले निर्देशन गरेका हो । सेलो थियटरको प्रस्तुती रहेको उक्त नाटक तमाङहरुको रिमठिमलाई आधार मानि राणा शासन यनकी जंगे राणाकालिन कहानिलाई समेत समेटिएको छ ।

नाटकलाई सोनाम मोक्तान ले   निर्देशन गरेका  हुन भने नायिका चाँदनी मोक्तान ,  गायक संगितकार फुलकुमार बम्जन, सुसन लामा, शान्ति वाईबा, निशा पाख्रीन, आफिले अभिनय गर्नु भएको छ ।

नेपाली भाषामा  मन्चन हुने भएकोले यस नाटक हेर्न तामाङ मात्र नभै गैर तामाङहरुको समेत बाक्लो उपस्तिथि भएको आयोजक बताउनु हुन्छ  । यो नाटक अवलोकन गर्नका लागि रंगकर्मी, कलाकार, सर्वसाधारण ,मन्त्री , पुर्व मन्त्री, संसद , ब्यापारि, अनि मिडियाकर्मिहरुको समेत उल्लेख्य उपस्थित रहेको थियो ।

असार २८ र २९ मा भने मृगौला पिडित समीर तामाङ बचाउ अभियानकालागी मन्चन गरिने बताउनु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here