एक सलाम यी चेलिलाई , जस्ले बिदेशी भुमी देखि ब्लड क्यान्सरबाट ग्रसित नुवाकोटका सानो भाइ सुनिल घलेलाई रु १००००/- सहयोग गरे

एक सलाम यी चेलिलाई , जस्ले बिदेशी भुमी देखि ब्लड क्यान्सरबाट ग्रसित नुवाकोटका सानो भाइ सुनिल घलेलाई रु १००००/- सहयोग गरे

0
59

एक सलाम यी चेलिलाई , जस्ले बिदेशी भुमी देखि ब्लड क्यान्सरबाट ग्रसित नुवाकोटका सानो भाइ सुनिल घलेलाई रु १००००/- सहयोग गरे

२६ असार २०७५ गोल्चे सन्चार
काभ्रे धुलिखेल नगरपालिका वडा नं – ८ ठकुरी डाँडाका चेली हुन् अस्मिता थिङ उर्फ नानु । उनि हाल रोजगारीको सिलसिलामा कतारमा रहेको छ  । कतार जस्तो दु:ख अनि कष्टकर  गर्मिको ठाउँमा मेहेनत गर्ने उनले केही दिन अघि गोल्चे सन्चारले लिईएको नुवाकोटका १२ वर्षे ब्लड क्यान्सरले ग्रसित सानो भाईको जब हृदयविदारक भिडियोमा जब आँखा पर्न गयो एकाएक मन थाम्नै नसकेको बताउनु हुन्छ ।

त्यसपश्चात उनले त्यो सानो भाईलाई आफुले पनि सक्ने सम्मको सहयोग गर्ने अठोटका साथ गोल्चे सन्चार अनलाईनमा सहयोग गर्ने भनी म्यासेज पठाउनु भयो र तुरुन्तै एकदिन पश्चात् नेपाली रु. १००००/- सहयोग रकम गोल्चे सन्चारका प्रवन्ध निर्देशक प्रीतम तामाङको नाममा ime मार्फत पठाउनु भयो । उनले सानो भाईको उपचार गर्न चाहिने रकम मनको धनि सम्पुर्णले आफुले सक्ने जति सहयोग गरिदिनुहुन समेत सबैमा अपिल गर्नु भयो । र आफू सुनिल घले भाईको स्वस्थ्य लाभको लागि भगवान संग प्राथना गरिरहेको बताए ।

उनले पठाएको रु १००००/- रकम आज अस्पतालमै गै गोल्चे सन्चारका प्रवन्ध निर्देशक प्रीतम तामाङले बिरामी भाई सुनिल घले र उनको दिदी रोजिना घलेलाई नगद हस्तान्तरण गरे । भाई सुनिल र रोजिनाले त्यस्तो बिदेशी भुमिबाट आफ्नै भाई सम्झी सहयोग पठाउनु भएकोमा हृदयदेखिनै धन्यवाद ब्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here