तामाङ पत्रकारहरु भोकै हुनु भनेको हाम्रो आवाज,धारण अनि विचारहरु मर्नु हो – तासंसंस संयोजक जय गोले ( भिडियो सहित)
१७ असार २०७५ गोल्चे डेस्क
तामाङहरुले सन्चालन गरिरहेको अनलाइन सञ्चालकहरुको राष्ट्रिय भेलामा ताम्सालिङ संयुक्त संघर्ष समितिका संयोजक जय गोलेले तामाङ समाजको गतिविधिहरुलाई विश्व सामु पुर्याउने तामाङ मिडिया अनि पत्रकार भोकै बस्नु भनेको हाम्रो आवाज , धारणा अनि विचारलाई मारे सरह हुने बताउनु भयो । हाम्रो अधिकारको विषयमा वकालत गर्दै गर्दा तामाङ मिडिया अनि पत्रकारहरु भोकै बस्नु नहुने गोलेको धारणा थियो ।
उनले रंगकर्मीहरुको विषयमा तामाङ अनलाईनहरुले प्राथमिता साथ समाचार संम्प्रेशन गरेपनि खोज पत्रकारितामा कलम चलाउन नसकेको पनि जिकिर गरे । तामाङ समुदायमा खोजमूलक पत्रकारिता पहिलो प्राथमिता भएको बताएका छन् । राजनीतिक, साँस्कृतिक तथा धार्मिक विवेदबाट उठ्न नसकेको तामाङ समुदायको विषयमा खोजपत्रकारिता मूल प्राथमिकता बन्दै गएको उनले बताएका हुन् । भिडियो >