पत्रकारितालाई समय र प्रविधी अनुसार चलाउन सक्नु पर्छ – केन्द्रिय अध्यक्ष तामाङ पत्रकार संघ

पत्रकारितालाई समय र प्रविधी अनुसार चलाउन सक्नु पर्छ - केन्द्रिय अध्यक्ष तामाङ पत्रकार संघ

0
187

पत्रकारितालाई समय र प्रविधी अनुसार चलाउन सक्नु पर्छ – केन्द्रिय अध्यक्ष तामाङ पत्रकार संघ

१० असार २०७५ गोल्चे सन्चार

तामाङ पत्रकार संघका केन्द्रिय अध्यक्ष विष्णु कुमार तामाङले समाचार लेखनमा स्तरियता नभए पत्रकारितामा डिग्रिको महत्व नभएको बताएका छन् ।

काठमाडौंमा हिजो  शनिबार याम्बु मिडिया र तामाङ भोइस डट कमले आयोजना गरेको अनलाईन सञ्चालक तामाङ पत्रकारहरुको राष्ट्रिय भेलामा पत्रकारिता प्राविधिक शैलि र कलालाई अपनाएर समसामयिक ट्रेन्डलाई अंगाल्दै जनचासोअको विषय वस्तुलाई आधार बनाएर अघि बढ्न सक्नु पर्ने बताउनु भयो ।

साथै पत्रकारितामा डिग्री गर्यो भन्दैमा पत्रकार हुने होइन कि  पत्रकारिता गर्न स्वअध्ययनले समाचार चिन्न सक्ने गुुण, समाचार लेखन, शब्द र भाषा खेलाउन सकियो भने डिग्रिको प्रमाणपत्र आवश्यक नपर्ने बताउनु भयो । पत्रकारिता अभ्यासले  दक्ष हुने विषय भएकोले , हामी हाम्रो समुदायसँग,विषयवस्तु संग नजिक रहेर पत्रकारिता गर्न सक्नु पर्ने उहाँको धारण थियो ।

भावनाको पत्रकारिताभित्र पत्रकारको भविष्यलाई आत्माविश्वासका साथ उभ्याउन सक्नु पर्ने बताउदै अध्यक्ष तामाङले भने,‘मैले पत्रकारिता सुरु गर्दा केही सिकेकै थिएन । एक दशक अघि तामाङ समाज डटकम चलाएको थिए । समाजमा प्रभावकारीता भयो भएन । मूल्याङकनको फरक पाटो होला ।तर, प्रयास स्वअध्यनबाट गरेको थिए ।’

हाम्रो अनलाईनलाई व्यबसायिक  र स्थापित गराउनका लागि हामिले दिने समचारहरुको गुणस्तरमा बिशेष ध्यान दिनुपर्ने बताउनु भयो । गुणस्तरीय समचार लेखन, मल्टिमिडिया समचारको लागि आफ्नो संघबाट यदि तामाङ अनलाइन संचालक हरुको तर्फ बाट आग्रह आएमा आफुले त्यसको लागि पहल गर्न सक्ने बताउनु भयो । अहिलेको समयमा अनलाइन न्युजले छिटो भुमिका खेल्ने भएकोले यसलाई ब्यबसायिक रुपमा सन्चालन गर्न जोड दिनुपर्ने उहाँको भनाई थियो । अनलाईनहरु बाट समाचारको एउटा नीति नियम भित्र नरहेर अहिले ब्यतिगत रुपमा चलाइरहेकाले यसलाई विधिवत रुपमा सन्चालन गर्न नेपाल सरकार संग स्वीकृत लिएर मात्र सन्चालन गर्न  समेत बिशेष आग्रह गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here