तामाङ अनलाईनहरु एक भएर आउनुहोस् हामी सहकार्य गरेर अघि बढ्न तयार छौं  : (एनएमए) सचिव टिकाराम गुरुङ

तामाङ अनलाईनहरु एक भएर आउनुहोस् हामी सहकार्य गरेर अघि बढ्न तयार छौं  : (एनएमए) सचिव टिकाराम गुरुङ

0
1145

तामाङ अनलाईनहरु एक भएर आउनुहोस् हामी सहकार्य गरेर अघि बढ्न तयार छौं  : (एनएमए) सचिव टिकाराम गुरुङ

१० असार २०७५ गोल्चे सन्चार

याम्बु मिडिया र तामाङ भोइस डटकमले हिजो ९ गते शनिबार टुसालमा आयोजना गरेको तामाङ अनलाईन सन्चालकहरुको राष्ट्रिय भेलामा नेपाल पर्वतारोहण संघका सचिव गुरुङले वर्षौंदेखि राज्यले उपेक्षा गरेर राखेका पिछडिएका आदिवासी जनजातीहरुको पहिचानलाई राज्यबाट स्थापित गराउन चौथो अंगको रुपमा लिने पत्रकारिताले प्रमुख भुमिका निर्वाह गर्नु  धारणा राख्नु भएको थियो  । जस्तो सुकै साझा मुद्दा हरुलाई मिडियाको माध्यामबाट एक भएर उठाएमा  हाम्रा जनजाती अनि साँस्कृतिक पहिचानका कुराहरुलाई प्रवर्द्धन गर्न सक्ने बताउनु भयो ।

उहाँको भनाईमा यदि आदिवासी जनजातिले हिमाल चढ्न सुरुवात नगरेका नेपालको पर्वतीय पर्यटनको प्रवर्द्धन बिशवमा हालको स्थितिमा नहुने जिकिर गर्नु भयो । आदिवासी जनाजतिको सवालमा पहिचानको विषय गफमा मात्रै सिमित भएको उनले टिप्पणी गरे । यस विषयमा आदिवासी जनजाति पत्रकारले हरेक मिडियाबाट दरिलो रुपमा कलम चलाउनु पर्ने धारणा राखे ।

जुनसुकै क्षेत्रका तामाङ पत्रकार  भएअपनी साझा सवालमा एक भएर अघि बढ्न सुझाव दिनु भयो । साथै आदिवासी जनजातिहरु राजनीतिक, शैक्षिक आर्थिक रुपमा पिछडिएका  कारण पत्रकारिता क्षेत्रमा पनि उलेख्य रुपमा प्रगति हुन नसकेको बताए । पछिल्लो समयका मिडियाहरुमा तामाङ पत्रकारहरुको
उपस्थिती केहि मात्रमा भएपनी अगाडि भने देख्न नसकेकोमा दु ख व्यक्त गर्नु भयो ।

अन्तिममा उहाँले ‘हामी युनिटिमा आएका हरेक पत्रकार साथीहरुसँग सहकार्य गर्न चाहान्छौं । नेपालको पर्यटन प्रवद्र्धनका लागि हातेमालो गर्न चहान्छौ  , हामी सहकार्य गर्न तयार छौं , सहकार्यले नै हाम्रो उदेश्य प्राप्ति हुन्छ । पर्वतिय पर्यटन प्रवद्र्धनका लागि ठोस योजना ल्याउनु होस ।’ भन्नू भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here