अनलाईन सन्चालक तामाङ पत्रकार हरुको प्रथम राष्ट्रिय भेलाले “तामाङ अनलाइन संजाल” को गठन ( भिडियो सहित )

अनलाईन सन्चालक तामाङ पत्रकार हरुको प्रथम राष्ट्रिय भेलाले "तामाङ अनलाइन संजाल" को गठन ( भिडियो सहित )

0
1003

अनलाईन सन्चालक तामाङ पत्रकार हरुको प्रथम राष्ट्रिय भेलाले “तामाङ अनलाइन संजाल” को गठन ( भिडियो सहित )

हिजो असार ९ गतेका दिन याम्भु टाईम्स र तामाङ आवाजको संयुक्त आयोजनामा तामाङहरुले चलाईरहेको अनलाइन मिडिया संचालकहरुको  प्रथम राष्ट्रिय भेला बौद्ध टुसालमा सम्पन्न भयो । कार्यक्रम सम्पुर्ण तामाङ अनलाइनहरुलाई एउटा सन्जाल बनाई त्यस मार्फत तामाङहरुको साझा मुद्दालाई एकजुट भै उठाउने, अनलाइनहरुलाई ब्यबसायिक अनि प्रभावकारी बनाउने एवं हाल सन्चालनमा  रहेको अनलाइनहरुको वर्तमान स्थिती अनि कार्ययोजना प्रस्तुत गर्ने मुल उद्देश्यका साथ सम्पन्न गरिएको थियो ।

कार्यक्रमलाई आयोजक याम्भु टाईम्सका सन्चालक/सम्पादक अर्जुन पाख्रीन ले  सन्चालन गर्नु भएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा पुर्व कानुन राज्य मन्त्री दिलमान पाख्रीन , बिशेष अतिथिमा क्रमशः नेपाल तामाङ घेदुङका केन्द्रिय महासचिव बाबू घिसिङ र ताम्सालिङ संयुक्त संगर्ष समितिका अध्यक्ष जय गोले, रिगसुम गोन्पाका महासचिव कुमार थोकर हुनुहुन्थ्यो । अतिथिमा शैलुङ अनलाईनका सम्पादक ईन्द्र तामाङ,डम्फु मिडियाका अमिर दोङ , अन्नपूर्ण नेट्वोर्कका मार्केटिङ डेभलपमेन्ट म्यानेजर दिलिप तामाङ , नायिका चाँदानी मोक्तान हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रमुख अतिथी पुर्व कानुन राज्य मन्त्री दिलमान पाख्रीन को मन्तव्य तलको लिंकमा  हेर्न सक्नु हुनेछ

कार्यक्रमका बिशेष अतिथी तामाङ घेदुङका महासचिव बाबू घिसिङ को मन्तव्य तलको लिंकमा हेर्न सक्नु हुनेछ

ताम्सालिङ संयुक्त  संघर्ष समितीका अध्यक्ष जय गोले को मन्तव्य हेर्न तल क्लिक गर्नु होला

कार्यक्रममा अतिथिको रूपमा आफ्ना अनुभवहरु साट्न र अनलाइन मिडियाले कसरी व्यावसायिक बनाउन सकिन्छ भन्ने बिषयमा अन्नपूर्ण नेट्वोर्कका मार्केटिङ डेभलपमेन्ट म्यानेजर दिलिप तामाङ ज्यु ले विस्तृत प्रशिक्षण समेत दिनु भएको थियो । उहाँले पहिलो कुरा भनेको आफ्नो अनलाइनको ब्रान्डलाई श्रोता माझ चिनाउन जरुरी रहेको बताउनु भयो । धेरै भन्दा धेरै श्रोताहरुले रुचाउने एउटा अनलाइन नेटवर्क बन्न सके मात्र ब्यबसायिक रुपमा अघि बढन सक्ने यद्यपि टाईम पास र कुनै एउटा सिमित क्षेत्रको मात्र समाचारहरु, श्रोताहरुलाई प्राथमिकता राख्छ भने त्यसले व्यावसायिक रुपमा अघि बढ्न नसोच्दा पनि हुन्छ भन्नू भयो । विज्ञापनका लागि बजारमा जाँदा सर्वप्रथम आफ्नो अनलाइन प्रती आफू कन्फिडेन्ट हुनुपर्ने र आफुले बुझाउन सक्नु पर्ने क्षमता हुनुपर्ने बताउनु भयो । कुनै ब्यक्ती बिशेष संग सिमित बिज्ञापन उठाएर मगन्ते तरिकाले अगि बढ्न नसक्ने बताउनु भयो । साथै अनलाइन मिडियालाई प्रभावकारी ढंगले अघि बढाउन उहाँ संग भएका अनुभवहरु सबै सामु साटासाट गर्नु भएको थियो ।

शैलुङ अनलाईनका सम्पादक ईन्द्र तामाङ ज्युले यसरी सम्पुर्ण तामाङ अनलाइनहरु एकजुट भै अघि बढेमा निश्चित रुपमा तामाङहरुको साझा आवाज बन्नेमा आफू ढुक्क रहेको बताउनु भयो । साथै पत्रकारितामा आफुले भोगेका दु :ख , अनुभव पनि साट्नु भएको थियो ।

अनौपचारिक कार्यक्रममा सम्पुर्ण तामाङ सम्बद्ध तामाङहरुले सन्चालन गर्दै आईरहेको  अनलाइनको  ” तामाङ अनलाईन संजाल ” नामकरण गरि जसमा गोल्चे अनलाइनका प्रवन्ध निर्देशक तथा गोल्चे सन्चार डट कमका सम्पादक प्रीतम तामाङ संयोजक, तेमाल अनलाइनका सुदिन दोङ सचिव , तामाङ आवाजका डोल्मा मानान्थेङ कोषाध्यक्षमा छानिनु भएको थियो । साथै अन्य सम्पुर्ण अनलाइन संचालक सदस्य रहने गरि कार्यक्रम सप्पन्न गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here