आफ्नै गृहजिल्ला काभ्रेबाट आयो शर्मिला स्याङ्तानलाई यस्तो खुल्ला- पत्र ( सक्दो शेयर गरि उहाँ सम्मा पुर्याउनु होला )

आफ्नै गृहजिल्ला काभ्रेबाट आयो शर्मिला स्याङ्तानलाई यस्तो खुल्ला- पत्र ( सक्दो शेयर गरि उहाँ सम्मा पुर्याउनु होला )

0
7076

आफ्नै गृहजिल्ला काभ्रेबाट आयो शर्मिला स्याङ्तानलाई यस्तो खुल्ला- पत्र ( सक्दो शेयर गरि उहाँ सम्मा पुर्याउनु होला )

प्यारी शर्मिला स्याङतान
तिम्रो साहसिक  कदमलाई सलाम

                तिम्रो नाममा खुल्ला पत्र लेख्दैछु मलाई माफ गर ल । मेरो शब्दहरुले तिम्रो मन मुटु छियाछिया हुन  सक्छ । युद्धपछि हारेको घायल सिपाहीको घाउमाथी नुनचुक छर्केर पीडा दिएको नसम्झ  । म तिमीलाई पीडा दिन हैन साहासका साथ अघि बढ्न एक उर्जाशील शब्द गुच्छाले समर्पित गरि लेख्दै छु।

                शर्मिला तिम्रो साहसिक कार्यलाई म सलाम गर्छु । जुनसुकै तामाङ चेलीले बोक्न सक्ने साहस हैन वीरता,,,तर तिमीले गर्यौ त्यसैले त तिमी अदम्य साहास बोकेकी चेली हौ । विश्वको उच्च शीर सगरमाथा आरोहण गर्ने जब तिम्रो योजना सन्चारको दुनियाँमा हावासरी सनसनी फैलिन थाल्यो तब तिम्रो सफल आरोहणको लागि  सहयोगी हातहरु सयौ बढ्न थाल्यो । तिमीलाई सगरमाथाको उचाइमा पुर्याउनको निम्ति महासागर नै उर्ल्यो यो कुरा तिमीले बिर्सेकी छैनौ र बिर्सिनु पनि हुन्न ।

           बोलाइ र व्यवहारमा आकाश पातलको फरक हुन्छ । फेसबुकको दुनियाँमा जति टिकाटिप्पणी गर्न सजिलो छ उति नै व्यवहारिक बन्न कठिन छ  । हो हिडेको मान्छे लडिन्छ तर लड्दै अगाडि बढ्दै जानुलाइ जीवन भनिन्छ ।  हजार असफलता भित्र नि सफलताको सानो फिलिङ्गो लुकेको हुन्छ हो त्यही फिलिङ्गोको खोजिमा भौतारिदा बाटो बिराउन पुग्छ । बिराएको बाटोलाई सही मार्गमा डोर्‍याउन सक्यो भने जीवनमा मृत्युु बाहेक सब थोक सेकेन्ड लास्ट हो । त्यसैले तिमी महान छ्यौ र साहसको भण्डार पनि हौ ।

       तिमीलाई काभ्रेको साहसी चेली तामाङ छोरीको रूपमा चिनिन्छ। अनि तिम्रो साहसिक कदमलाई साथ र सहयोग दिन अघि बढ्छ्न । हो यस्तै साथ र सहयोगी हातहरुले गर्दा तिमी आज यो स्थानसम्म पुगेका छौ । अझै तिमीलाई उचाइमा पुर्याउन आतुर छन सहयोगी मन र दरिला हातहरु । त्यो तिमीले देख्न सक्नु पर्छ । वर्तमान तिम्रो अवस्था , वास्तविक यथार्थको धरातल अनि संचारको दुनियाँमा भएको टिकाटिप्पणी प्रती मेरो ध्यानाकर्षण भएको छ । अनि सन्चारकै दुनियाँमा रहेर तिमी सामू यो सुझाव पुर्याउ भन्ने लागि रहेको छ  । तिम्रो फेसबुक स्टाटस अनि अभियान्तहरु बीच भएको सम्वाद पनि हेरे अनि नियाले । वास्तविक यथार्थ त जब तिमीले साहस पूर्वक मुख खोल्दैनौ त्यति खेर सम्म भ्रम नै लाग्छ  ।

शर्मिला म तिमीलाई सुझाव दिदै छु । तिमी अब  अभियान्त बीच र आफ्नो सङ्गै आरोहण जादाको साथी बीच कुनै रिसिबी नराख किन कि सत्य सधै सत्य नै हुन्छ । गल्तीलाइ ढाकछोप नगर बरु सहर्ष स्वीकार गरेर फैलिरहेको भ्रमलाइ चिरफार गरि आउ । सत्य त यो बेला पुष्टि हुन पुग्छ कि जब तिमीले सफल पर्वतारोहणको प्रमाणपत्र पेश गर अनि सबैको टिकाटिप्पणीमा खुलेको मुख अाँ…… बन्द होस । हैन भने किन आफूले गर्दै नगरेको काम गरेको हु भनेर भ्रमितमा राख्ने ?? आफुले नगरेको काम गरेन भन्न नसकेर समुदायलाई गुमराह मा राख्नु ठुलो गल्ती हो तिम्रो । यसले तिमि र म जस्ता हजारौं चेलिहरुको कदमलाई रोक्नु हो ,, तिमीले याद गरेका छौ ??

             सबै समस्या मौन रहदैमा हल भएर जादैन र जानेवालामा पनि छैन । अचेल तिमी फेसबुक डि एक्टिभ गरि बसेका छौ अनि आफ्नो विरुद्धमा बोल्ने प्रती आक्रोश पोख्दै छौ कति सम्म गिर्दै छौ अनुमान गर । तिम्रो मन्चन गर्न खोजेको नाटक अब फर्दाफस हुँदै छ । अभियान्तले मागेको १५% को कुरा तिम्रो मनोगन्ते होकि सत्य हो त्यो पनि पुष्टि हुन जरुरी देखिन्छ ।  अर्को कुरा  हरेक मान्छेले एकै चोटि सफलता हासिल गर्न सक्छ भन्ने हैन  तर असफल हुदा असफल भयो भनेर सत्य बोल्न सक्नु पर्छ ।

                         भनिन्छ,  नि सत्य छिप्दैन र झुटो टिक्दैन तसर्थ गल्ती नगर्ने नि मान्छे हुदैन तर गल्तीलाई स्वीकार गर्न सक्ने मान्छे महान हुन्छ्न रे । शर्मिला ज्योमो गाङले आफ्नो शिरमा सबैलाई बोलाउदैन ,, हो त्यही भित्रको शिकार तिमी पर्यौ हौली । के असफल हुदैमा सिद्दिएकै हौ त ? अवस्य हैन । त्यसैले तिमी भ्रम चिरेर आउनै पर्छ । आउने साहस गर्नै पर्छ । फैली रहेको भ्रम हटाउनै पर्छ है । तिमीले मेरो सुझावलाई नकारात्मक टिकाटिप्पणीको रूपमा लिनु हुने छैन भन्ने आशा व्यक्त गर्दै । तिम्रो सत्यताको प्रतीक्षामा रहने छु म लगायत सम्पूर्ण भ्रमित मनहरु ।
         उहीँ तिम्रो सुझाव कर्ता
                           रचना मोक्तान “यात्री” काभ्रे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here