दोश्रो चरणको आन्दोलन गर्ने तयारिमा नेबि संघ

दोश्रो चरणको आन्दोलन गर्ने तयारिमा नेबि संघ

0
327

दोश्रो चरणको आन्दोलन गर्ने तयारिमा नेबि संघ

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सडक आन्दोलनमा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

अध्यक्ष नैनसिंह महरले विज्ञप्ती जारी गरेर कालोबजारी र अस्वभाविक मूल्यबृद्धिको बिरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् । कम्युनिष्ट सरकारले आफनो एक सय दिनभित्रै पाँच पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको महरको आरोप छ ।

दोस्रो चरणको आन्दोलन अन्तर्गत असार ४ गते मंगलबार बिहान ९ बजे देशैभरीका शिक्षण संस्था अगाडि एक घण्टा चक्काजाम गर्ने, असार ५ गते ७७ वटै जिल्ला सदरमुकाममा सरोकारवाला पक्षसँग सडक बहस र असार ८ गते नेपाल आयल निगमका कार्यालयहरु घेराउ गर्ने कार्यक्रम छ ।

यस्तै, असार १० गते प्रदेश मुकामहरुमा विरोध सभा र मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउने, असार १२ गते मध्यान्ह १२ बजे ५ मिनेट देशैभरी आ–आफ्ना सवारी साधनहरुको हर्न बजाई सरकारको चेत खुलाउने बिज्ञप्तीमा उल्लेख छ ।

अध्यक्ष महरले मूल्यवृद्धि फिर्ता र कालोबजारी नरोकिएसम्म विद्यार्थी आन्दोलन नरोकिने दृढता व्यक्त गरेका छन । यसअघि नेविसंघले पहिलो चरणको आन्दोलनअन्तर्गत सिठी जुलसु–राँके जुलुस प्रदर्शन तथा प्रधानमन्त्रीको पुत्ला दहन कार्यक्रम गरेको थियो । एभरेस्ट अनलाइन बाट,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here