२१ औं संस्करणको बिश्वकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै ( सम्पुर्ण खेलको तालिका सहित तपाईं पनि सुरक्षित अनि सबैलाई शेयर गर्नु होला)

२१ औं संस्करणको बिश्वकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै ( सम्पुर्ण खेलको तालिका सहित तपाईं पनि सुरक्षित अनि सबैलाई शेयर गर्नु होला)

0
366

२१ औं संस्करणको बिश्वकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै ( सम्पुर्ण खेलको तालिका सहित तपाईं पनि सुरक्षित अनि सबैलाई शेयर गर्नु होला)

३१ जेठ २०७५
आज देखि सुरु हुने रुसमा पहिलो पटक हुन लागेको विश्वकप 2018 विगतमा झैं चार वर्ष पश्चात् विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । पाँचपटक विश्वकप जितिसकेको ब्राजिलसँगै साबिक विजेता जर्मनी, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र पूर्वविजेताहरु फ्रान्स तथा स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानिएको यस प्रतियोगिताले आगामी चार वर्षका लागि नयाँ विश्व विजेता चयन गर्दै एक महिनापछि मस्कोको लुझनिकी रंगशालाबाटै बिदा लिनेछ। उपाधिको म्याजिक बिजेताको रुपमा लिईने पोर्चुगल को पनि आफ्नै क्रेज रहेको छ ।

फिफाको बहुचर्चित भ्रष्टाचार काण्ड, अमेरिका तथा युरोपियन युनियनसँग रुसको खराव सम्बन्ध, डोपिङ प्रकरणलगायतका विवादका बीच समयमै उत्कृष्ट तयारी गरेको रुसले उदघाटन समारोह विगतको तुलनामा फरक ढंगले गर्ने भएको छ ।

विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अनुसार संगीतका अन्तर्राष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुझनिकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । ठूलो सांगीतिक कन्सर्टका रुपमा चल्ने कार्यक्रममा विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले सघाउनेछिन् । दुई पटक विश्वकपको उपाधि जितेका ब्राजिली पूर्व स्टार रोनाल्डो उदघाटन समारोहका अर्का मुख्य आकर्षण हुनेछन् ।

यसपाली उदघाटन समारोह धेरै हदसम्म सांगीतिक प्रस्तुतीहरुमा केन्द्रित हुने बताइएको छ । स्थानीय समयअनुसार खेल साँझको ६ बजे सुरु हुनभन्दा आधा घन्टाअघिसम्म पनि सांगीतिक कार्यक्रम चल्नेछ ।, यो खबर आजकोनागरिक दैनिकमा छ ।

  विश्वकप फुटबलको तालिका यसप्रकार रहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here