नेपालिमा मानवता हाराएको छैन । सिन्धुपाल्चोकका युवा आयुस दोङले मलेसियाबाट यसरी सकुशल उद्धार गरे रुकुमका धन बहादुर बिक लाई ( सम्मान स्वरुप सबैले एक एक शेयर गर्नुहोला )

नेपालिमा मानवता हाराएको छैन । सिन्धुपाल्चोकका युवा आयुस दोङले मलेसियाबाट यसरी सकुशल उद्धार गरे रुकुमका धन बहादुर बिक लाई ( सम्मान स्वरुप सबैले एक एक शेयर गर्नुहोला )

0
1446

नेपालिमा मानवता हाराएको छैन । सिन्धुपाल्चोकका युवा आयुस दोङले मलेसियाबाट यसरी सकुशल उद्धार गरे रुकुमका धन बहादुर बिक लाई ( सम्मान स्वरुप सबैले एक एक शेयर गर्नुहोला )

रोजगारीको सिलसिलामा मलेसिया पुगेको रुकुम जिल्ला अरबिस्कोट नगरपालिका गोदामकोट गाउँपालिक चिला घर भएको धन बहादुर बिक मलेसियाको मेरेटेट कम्पनीमा २ वर्ष अघि पुगेका  थिए । गएको केही समय अघि कम्पनीमा मेडिकल गर्ने क्रममा उहाँलाई पेट भित्र आन्द्रामा दाग देखिएर मेडिकल फेल भए पछि उहाँलाई डाक्टरको सल्लाह अनुसार  अप्रेसन गर्नु पर्ने र कंपनिले  घर जानु पर्छ बन्ने कुरा आयो। घरको आर्थिक अवस्था कमजोर भएकोले बिदेश आउने क्रममै ऋण लिएर आएको उहाँ  न त  घर फर्किन सके न त मलेसियामा अप्रेसन गर्नै सके ।

केही विकल्प नभए पछि उहाँ कम्पनी छोडेर ईलिगलमा भागेर पेनाङको जेलि पोल्टी फार्ममा गाउँकै साथीलाई सम्पर्क गरि काम गर्न थाले । काम गर्न थालेको केही समय पछि उहाँलाई  फेरि दिशा बाट रगत अनि पिप आउने जस्ता रोगले झन्  कमजोर बनायो । उहाँ इलिगल भएकोले  उपचार गर्न वा मेडिकलमा जानालाई अर्को समस्या थियो जसले गर्दा दिनानुदिन शिथिल हुँदै गयो । त्यति बेला न त घर फर्कन सक्ने स्थिति नै थियो न त काम गर्ने, न त उपचार नै । कम्पनीमा बसौं शरीरले साथ दिएन । काम गर्न नसक्ने अवस्था भएपछि अन्त्यमा उहाँले त्यहीँ सँगै काम गर्ने सिन्धुपाल्चोक जुगल गाउँ पालिक पाङताङ वडा न ४ प्युरगाउँका अयुस दोङ तामाङलाई आफ्नो समस्या सुनाउनु  भयो । तर धन बहादुर मलेसियामा ईलिगल भएकोले नेपाल फर्काउन थोरै रकम अनि सजिलो प्रक्रिया भने थिएन । मलेसियाबाट नेपाल फर्किन इलिगल मान्छेलाई  लगभग 2600/2700 रिंगेट ( नेपालि रुपैयाँ लगभग ७५०००/-) लाग्ने भए पछि उहाँ एक्लैले सहयोग गर्न सक्ने स्थिती थिएन । तैपनि  आयुस दोङले एउटा नेपाली दाजुभाईलाई परेको समस्या आफ्नै
समस्या ठानी धन बहादुरलाई जसरी भएपनी नेपाल सकुशल फर्काउन अठोट लिनु भयो ।

आयुस दोङले  कार्यरत कंपनी अनि चिनजानको साथिभाईलाई अनि अन्य नेपालिहरुमा धन बहादुरको समस्या सुनाई सहयोगको लागि अपिल गर्न थाले  र उहाँको कुरालाई सबैले विश्वास गरे र सक्ने सम्मको सबैले सहयोग गरेर करिव मलेसियन २८०० रिंगेट उठाउन सफल भयो । त्यही रकमले मलेसियाको पेनाङ BM भन्ने ठाउँमा आयुसले नेपालि एजेन्डालाई सम्पर्क गरेर 2350 टिकटको तिर्नु भयो र बाँकी रकम उहाँलाई खर्च हस्तान्तरण गर्नु भयो । नेपालि समय अनुसार जेठ २९ गते राती १० बजे धन बहादुर बिक नेपाल आईपुग्नु भएको जानकारी प्राप्त भएको छ  ।

धन बहादुरलाई फर्काउन सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मन हरु प्रती हामी सम्मान गर्दछौं । बिशेष रुपमा बिदेशी भुमिमा रहेर पनि यत्तिको मानवता देखाउनु हुने सिन्धुपाल्चोक जुगल गा.पा. ४ प्युरगङका आयुस दोङ प्रती सलाम छ यो  कुनै चानचुने कुरा होईन । सम्पुर्ण नेपालिले गर्व गर्न सक्नु पर्छ ।

    अभियानमा सहयोग गर्नु भएको दानी हातहरु

सुपर भाईजार – RM 50/-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here