स्वर्गबाट छुट्टिएर बसेकि एक सुन्दर अप्सरा सिन्धुपाल्चोक “गुफा गाउँ ” फोटो फिचर सहित

स्वर्गबाट छुट्टिएर बसेकि एक सुन्दर अप्सरा सिन्धुपाल्चोक "गुफा गाउँ " फोटो फिचर सहित

0
1531

स्वर्गबाट छुट्टिएर बसेकि एक सुन्दर अप्सरा सिन्धुपाल्चोक “गुफा गाउँ ” फोटो फिचर सहित

१३ जेठ २०७५ सिन्धुपाल्चोक
प्रीतम तामाङ (गौरुङ)

हिजो जेठ १२ गते सिन्धुपाल्चोकको मेलम्ची न.पा. ९ मा “गुफा गाँउ पर्यटन प्रवर्द्धन समितिको” आयोजनामा ग्रामीण पर्यटन प्रवर्द्धनको लागि तामाङ पत्रकारहरुको अभियान कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष सेरप दोर्जे तामाङ , प्रमुख अतिथी नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति आईतामान तामाङ र बिशेष अतिथिमा ट्रेकिङ एजेन्सिज एसोसिएसन्स अफ नेपालका पुर्व महासचिव कर्ण लामाले गर्नु भएको थियो । त्यस्तै अतिथिमा वडा प्रमुख कमल ब खड्का,स्थानिय समाजसेवीहरु, साथै विभिन्न मिडियाका मिडियाकर्मी, तामाङ चलचित्रका कलाकारहरू, गायकहरु,साहित्यकारहरुको समेत उपस्थिति रहेको थियो ।

अनलाईन मिडियाहरुमा सैलुङ,गोल्चे,याम्भु टाईम्स, रिपोर्टिङको लागि स्थलगत अवलोकनमा सहभागी भएको थियो । त्यस्तै राष्ट्रिय दैनिक नागरिकका पत्रकारहरु समेत उपस्थित भएको थियो ।

                  कहाँ र कसरी जान सकिन्छ गुफा गाउँ
सिन्धुपाल्चोक मेलम्ची न.पा. को वडा ९ मा पर्छ “गुफा डाँडा ” । जुन एक प्राकृतिक भौगोलिक धार्मिक एतिहासिक हिसाबले अतिनै सुन्दर  रहेको ठाउँ तर पनि प्रचार प्रसारको अभावमा ओझेलमा रहेको छ । यो ठाउँ देशको मुटु यानकी काठमाडौबाट करिव ४ घन्टाको मात्र सवारी साधनको यात्रमा पुग्न सकिन्छ । हामिले य ठाउँमा पुग्नका लागि काठमाडौबाट विभिन्न रुट मार्फत यात्रा गर्न सकिन्छ । एउटा रुटमा आमाह्योल्मो यातायात काठमाडौ जोरपाटी – साँखु- रानी पौवा- भोटेचौर – मेलम्ची हुँदै उकालो ज्यामिरेको बाटोबाट र अर्को अरनिको यातायात सडक हुँदै बनेपा- धुलिखेल – पाँचखाल- जिरोकिलो – बाहुनेपाटी – मेलम्चि अनि उकालो नवलपुर को बाटो बाट पनि यात्रा पूरा गर्न सकिन्छ ।

                     गुफा गाउँ किन र केका लागि जाने?
काठमाडौबाट नजिकै पर्ने अति सुन्दर प्राकृतिक सौन्दर्यताले भरिपुर्ण यो ठाउँ समुद्री सतहादेखि २२०० मिटरको उचाईमा पर्छ । यो ठाउँमा कोलाहलबाट मुक्त हुन अतिनै उपयुक्त ठाउँंको रोजाइमा पर्न सक्छ । यो ठाउँ बिल्कुलै अलग किसिमको भौगोलिक बनावट भएकोले त्यहाँ पुग्नुहुने जो कोहिको मन नलोभिएला भन्न सकिन्न । यस ठाउँ हुँदै ग्रामीण पथयात्राको लागि मेलम्ची-गुफा गाउँ-ठूलो ओख्रेनी- गोब्रे- हेलम्बु- आमाल्होल्मो – पाँचपोखरी जस्ता सिन्धुपाल्चोकका अत्यन्तै रमणीय पर्यटकीय स्थलहरुको यात्राको लागि एउटा उपयुक्त रुट हुनसक्छ । यो ठाउँ बाट केही घन्टाको यात्रामा न्होलिङ डाँडामा अवस्थित प्रसिद्ध धार्मिक स्थल न्होलिङेश्वर महादेव थानमा समेत जान सकिन्छ । आयोजकको अध्यक्षका अनुसार यस ठाउँमा काठमाडौबाट मात्र ७ मिनेटको हेलिकप्टरबाट यात्रा गर्न सकिन्छ ।

                      समितिको भावी योजनाहरु

-होमस्टे सन्चालनमा ल्याईने
-प्याराग्लाईडिङ सन्चालनमा ल्याईने
-भ्यु टावर निर्माण गरिने
-पिकनिक स्पोट बनाईने
-सुटिङ स्थल
-विविध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here