नेपालबाट बुद्ध धर्म सिद्याउन खोजेको आरोप

नेपालबाट बुद्ध धर्म सिद्याउन खोजेको आरोप

0
176

नेपालबाट बुद्ध धर्म सिद्याउन खोजेको आरोप

१५ बैशाख २०७५ काठमाडौ

बुद्ध भुमी,शान्तीभुमि अर्थात् नेपालको लुम्बिनी सबैलाई थाहा भएकै ठाउँ हो । जहाँ मानिसहरु पवित्र बुद्धको जन्मस्थान हेर्न अनि घुम्न आउने गर्दछन् । जुनसुकै देश अनि बिदेशका भक्तजनहरु त्यहाँ पुग्दा आफैमा भाग्यमानी मान्ने गर्दछन। सबैलाई  अवगत भएकै कुरा हो ,, बुद्ध धर्ममा स्वागत गर्दा होस या सम्मान गर्दा , अनि भगवानको रुपमा पुज्ने बुद्ध धर्मका अरु देवदेविहरुलाई चडाउने अर्थात् लगाईदिने भनेकै खादा हो । खादा लगाईदिनु वा चडाउनु नै बुद्ध धर्मको एउटा अभिन्न पाटो हो ।

हाम्रो देश नेपालमा बुद्धको जन्मभुमि भनेर गर्व गरेतापनि वर्षौ देखि बुद्ध धर्ममा चली आएको र प्रयोग गरि आएको पवित्र खादालाई राजनितिक भनुँ या गैरराजनीतिक तरिकाले बेला बेला हस्तक्षेप हुँदै आईरहेको देखिन्छ । जसकारण यो विषयमा चर्को आलोचना अनि  विवाद हुँदै आएको छ ।

त्यस्तैमा बुद्ध जयन्ती नजिकिदै गरेको बेला आज भने लुम्बिनीमै आयोजना भएको अन्तराष्ट्रीय बौद्ध सम्मेलन 2018 मा बुद्धका अनुयायी भन्ने हरुले नै बुद्ध भुमि अनि बौद्ध धर्मको खिल्ली उडाउदै पवित्र खादाको बहिष्कार गरि ढाकाको प्रयोग गरेको भनी सामाजिक संजालहरुमा चर्को बिरोध भैरहेको छ । आखिर किन सालौ देखिको चलनलाई लत्याउदै छन् त ? के खादालाई बहिष्कार गरि ढाका प्रयोग गर्दैमा बुद्ध  धर्मको सम्मान हुनेछ ? यसरि नै हुन त बुद्ध नेपाली भुमिमा जन्मेको भनेर बाहिरी रुपमा खुशी हुने ? यो कुरा गम्भीरताका साथ मनन गर्न आवश्यक छ ।  प्रीतम तामाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here