तामाङ समुदाय माथी यत्रो प्रहार भैरहदा समेत केही जनजाति नेता तथा अगुवाहरु के हेरिरहेको छ ? – सुकुमाया मोक्तान (नायिका) भिडियो सहित

तामाङ समुदाय माथी यत्रो प्रहार भैरहदा समेत केही जनजाति नेता तथा अगुवाहरु के हेरिरहेको छ ? - सुकुमाया मोक्तान (नायिका) भिडियो सहित

0
7198

तामाङ समुदाय माथी यत्रो प्रहार भैरहदा समेत केही जनजाति नेता तथा अगुवाहरु के हेरिरहेको छ ? – सुकुमाया मोक्तान (नायिका) भिडियो सहित

प्रीतम तामाङ (द गौरुङ)
१३,चैत काठमाडौ

गाई काण्डले गर्दा अहिले विभिन्न समचार माध्यमहरु तथा बढी मात्रामा सामाजिक संजाल फेसबुक रंगिरहेको बेला नायिका सुकुमाया मोक्तानले अन्ततः अशह्य भएपछि सम्पुर्ण जनजातिहरुको ध्यानाकर्षण गर्ने गरि फेसबुक मार्फत तामाङ समुदाय माथी भैरहेको दु:ख, पीडा, अनि हेपाईको बिरुद्धमा बोल्नु भएको छ । करिब २८ मिनेट समय उहाँले अहिले भैरहेको वादविवादको बारेमा विभिन्न तरिकाले आफ्नो भनाई अनि बिचार प्रस्तुत गराउनु भएको छ ।

लाईभमा उहाँले बिशेष गरि फेसबुक लाईभमा तामाङ समुदाय माथी अत्यन्तै घटिया , तुच्छ, निन्दनीय, कपोलकल्पित र लज्जास्पद रुपमा जसरी हेपेर सिंगो समाज माथी प्रहार गरिरहेकी हाम्रै जनजातीमा पर्ने राई जातिकी एउटि गतिछाडा युनिश्मा राई लाई ठेगाना लगाउन नसक्ने तथा त्यसले गलत बोलिरहेको छ भनेर समेत अलिकती पनि चासो नराख्ने सम्पुर्ण राई दाजुभाई ईष्टमित्रहरु,तामाङ समाजका अग्रजहरु, साथै राज्यका सम्बन्धित निकाय लाई समेत आफ्नो दुखेसोको साथै ध्यानाकर्षण समेत गराउनु भएको छ  । भन्नु चाहिँ सिङ्गो जनजाति एक हुनुपर्छ भन्ने र अहिले जनजातिकै एउटि विवेकहिनले तामाङ समाज माथि यस्ता अपशब्दहरु बोलिरहाँदा किन राई समाज चुपचाप छन् ? भनी प्रश्न समेत गर्नु भएको छ । Live video

सयौ सालदेखी तामाङ समाजलाई राज्यले हेपेर , अधिकार खोसेर राखेको र ठूलो संघर्ष पश्चात् अहिले भर्खरै बामे सारिरहेको तामाङ समाजलाई पैतालामुनि कुल्चि राख्न खोज्ने तत्वहरुको हावी भैरहेकोले अब त्यसता बिखण्डनकारी , साम्प्रदायिक दंगा निम्त्याउन प्रेरित गर्न खोज्ने हरुदेखि हामी सचेत हुनुपर्ने बताउनु भयो ।

                     यो पनि पढ्नुहोला

मकवानपुर को गाई काण्डलाई लिएर अनाहकमा विवादमा मुछिएका ३ नं प्रदेश उपसभामुख राधिका तामाङ ज्यु ले आफुले बोल्दै नबोलेको कुरालाई केही पक्षपाती मिडियाहरुले गलत प्रचार गरि सस्तो लोकपृयता कमाउने उद्देश्यले जुन तरिकाले आफुलाई बदनाम गराउन खोजेको र सामाजिक संजालको गलत प्रयोग भएको भनी प्रेस नोट नै जारी गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here