स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले काभ्रेको गुम्पाटी भञ्ज्याङमा हाटबजार लाग्ने

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले काभ्रेको गुम्पाटी भञ्ज्याङमा हाटबजार लाग्ने

0
159

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले काभ्रेको गुम्पाटी भञ्ज्याङमा हाटबजार लाग्ने

विष्णुमाया स्याङ्बो

फागुन ६, काभ्रे

काभ्रेको चौरीदेउराली गाउँपालिकाको गुम्पाटीमा भञ्ज्याङमा हाटबजार तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम सबैको हाटबजार एउटै हाटबजार, गुम्पाटी हाटबजार भन्ने मुल नाराका साथ दमछ्योइ बहुउद्देश्यीय सहकारी संस्थाको लि. को आयोजनामा हुन लागेको हो ।

आगामी चैत १० गते औपचारिक रूपमा उद्घाटन गरेर हाट बजार संचालनमा ल्याउन लागेका हुन् ।

गुम्पाटी हाटबजारको संचालन स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले गर्न लागेको सहकारी संस्थाको अध्यक्ष समीर स्याङ्बोले बताउनु भयो । बजार प्रत्येक महिनाको १ गतेको दिन लाग्ने स्याङ्बोले बताए ।

यसअघि कोपिला महिला समुहद्वार संचालन गर्दै आएको हाटबजार बिचमा रोकेको थियो । तिनै हाटबजारलाई दम्छ्योइ बहुउद्देश्यीय सहकारी संस्थाको विशेष पहलमा निरन्तरता दिन लागेको हो ।

हाटबजार उद्घाटन कार्यक्रमसंगै ख्यातिप्राप्त तथा स्थानीय कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुने आयोजकले समितिले जनाएको छ ।

हाटबजार तथा सांस्कृतिक कार्यक्रम विहान ८ बजेदेखी साँझ ६ बजेसम्म हुने बताएको छन् ।

कार्यक्रममा मिडिया पार्टनरको रूपमा समवेशी अनलाइन, पर्यावरण रेडियो १०४.२ मेगहर्ज, गोल्चे संचार  लगायत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here