हिमाली जिल्ला हुम्लामा जल यात्रा सुरु, स्थानिय बासि दङ्ग

हिमाली जिल्ला हुम्लामा जल यात्रा सुरु, स्थानिय बासि दङ्ग

0
208

हिमाली जिल्ला हुम्लामा जल यात्रा सुरु, स्थानिय बासि दङ्ग

दाने बोहरा
हुम्ला चैत्र ४
हिमाली जिल्ला हुम्लाको कर्णालीमा साहसिक जल यात्रा सुरु गरिएको छ । कर्णाली ¥याफ्टिङ एण्ड एड्भेन्चर प्राली कैलाली सँगको सहकार्यमा हुम्ला ¥याफ्टिङ तथा जल यात्रा सेवाले हुम्ला जिल्लाको प्रसिद्ध एवम् पर्यटकीय सम्भावना बोकेको खार्पुनाथ मन्दिरबाट साहसिक जल यात्रा सुरु भएको हो ।

कर्णालीको जलयात्रा अन्य नदीको तुलनामा बढी आनद्यदायी र रोमान्चक हुनुको साथै खार्पुनाथको पर्यटन प्रबद्धनमा समेत टेवा पुग्ने देखिएको छ । पशुपतिनाथ, मुक्तिनाथ खोच्यारनागथ जस्तै चर्चित तर ओझेलमा परेको धार्मिकस्थल खार्पुनाथ देखि सुरु गरिएको साहसिक जल यात्राले पर्यटन प्रबद्धन गर्ने लक्ष्ग्य राखेको हुम्ला र्याफ्टिङ तथा साहसिक जल यात्राका मेनेजर बद्धिराम बुढाले जानकारि दिएका छन् ।

साहसिक जल यात्रालाई पुर्ण रुपमा सुरक्षित वातावरणबाट सञ्चालन गर्ने सहभागी पर्यटकहरुको सुरक्षाको प्रत्याभुति दिन निरनतर रुपमा अगाडि बढ्ने प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन् ।

हुम्ला कर्णालीमा ¥याफ्टिङ तथा जल यात्रा सञ्चालन भएपछि हुम्लाका स्थानियहरु दङ्ग परेका छन् । नदीमा ¥याफ्टिङ सञ्चालन हुदा कहाँबाट के आयो भनेर हेर्नेहरुको घुईचो लागेको थियो । धार्मिक पर्यटकिय सम्भावना बोकेको र्खाुनाथ मन्दिरबाट ४५ मिनेट पानीमा यात्रा भएको देखे पछि स्थानियहरु त्छाडमछाड गरी हेर्न समेत आएका थिए ।
नियमित रुपमा जलयात्रा सञ्चालन गर्ने हो भने हुम्ला जिल्लालाई जल पर्यटनको विकास गर्न सकिनेमा सरोकारवाला निकायहरुले चासो देखाउन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here