पत्रकारको घरमा चोरी, सुरक्षा संयन्त्र  माथी आश्ङ्का

पत्रकारको घरमा चोरी, सुरक्षा संयन्त्र  माथी आश्ङ्का

0
123

पत्रकारको घरमा चोरी, सुरक्षा संयन्त्र  माथी आश्ङ्का

गणेश कुमार ठाकुर(शर्मा)

सिरहा २२ फाल्गुन । सोमबार राती लाहान १ स्थित कृष्णटोल मा बस्ने एक पत्रकार को घर मा चोरी भएको छ । नेपाल पत्रकार महासंघ सिरहा का काेषाध्यक्ष तथा प्रेस मन्च नेपाल का सिरहा अध्यक्ष मनोज बनैता को घरमा ताल्चा फुटाई केही नगद र ल्यापटप सहित लाखौ रुपैयाँ बराबरको सामान चोरी भएको छ ।

पारिवारिक श्रोत को अनुसार ३० हजार नगद, ल्यापटप, बच्चाको हातमा लगाउने चादीको बलिया, ६ आना सुन , 10 तौला चादीको सिक्का लगायत का सामान चोरी भएको खुलेको छ ।

 

केही दिन यता सिरहा को लाहानमा चोरी को घटना ले तिब्र रुप लिएको छ। पीडित पत्रकार बनैता को अनुसार चोरी घटना को खबर पाए पनि नेपाल प्रहरी एक घन्टा पश्चात् मात्र घटनास्थलमा पुगेका थिए । उनले भने लाहान का प्रहरी को को रवैया शङ्कास्पद छन । पत्रकार मनोज बनैता हिमालीनी हिन्दी पत्रीका का सिरहा/ सप्तरी सम्वादाता हुन ।

यता प्रहरी ले घटना को पुर्ण छानबिन भईरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here